कांग्रेस अधिवेशन बिथोल्न खोज्ने मोर्चाका नेताले कुटाई खाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राजविराज: नेपाली कांग्रेसको राजविराज नगर अधिवेशन बिथोल्न पुगेका मधेशी मोर्चा र काँग्रेसका कार्यकर्ताबिच सोमबार झडप हुँदा मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।
राजविराज ४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै मतपत्र खोस्न थालेपछि कांग्रेसका युवा कार्यकर्ताहरुले मोर्चाका कार्यकर्ताहरुलाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट बरही विरपुर ५ निवासी युवा–विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर यादव घाइते भएका छन् । उनको राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भएको छ ।
मोर्चाका कार्यकर्ताहरुले विहानैदेखि नाराबाजी गर्दै राजविराजको मुख्य चोकहरुमा टायर बालेर प्रदर्शन गरेका थिए ।
स्थिती असामान्य भएको भन्दै काँग्रेसको नगर निर्वाचन स्थगित भएको छ । निर्वाचन अधिकृत शैलेन्द्र मण्डलका अनुसार मंगलबार निर्धारित स्थानमा नगर निर्वाचन हुनेछ ।
कांग्रेसको सप्तकोशी नगरपालिकामा सर्वसम्मतीले निर्विरोध निर्वाचन सम्पन्न भएको र शम्भुनाथ नगरपालिकामा निर्वाचन भइरहेको उनले जानकारी दिए ।
त्यस्तै कांग्रेसलगायत ठूला तीन दलले निर्धारण गरेको औपचारिक कार्यक्रम कुनै पनि अवस्थामा हुन नदिने चेतावनी मोर्चाका कार्यकर्ताले दिदै आएका छन् । कांग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् ।
सचिवमा दिपक चौधरी र शत्रुध्न प्रसाद साह तथा कोषाध्यक्षमा बिमल श्रेष्ठ र मेराज अन्सारी प्रतिस्पर्धामा उत्रेका छन् । नगर निर्वाचनका लागि कुल छ सय ७५ क्रियाशील सदस्य मतदाता रहेका छन् ।
यसअघि गत शुक्रबार सप्तरीको दुई दर्जन बढी गाविसहरुमा कांग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिथोलेका थिए ।
मोर्चाका कारण स्थगित भएका उक्त गाविसहरुमा शनिबार र आइतबार अधिवेशन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत लखनलाल यादवले जानकारी दिए ।
आन्दोलनरत मधेसी मोर्चाको गत मंगलबारको वैठकले कांग्रेसले गर्ने अधिवेशन बिथोल्ने र प्रतिकार गर्ने निर्णय गर्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।

###
0 comments
Write Down Your Responses