परदेशीलाई उपहार ‘सुकुटी’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विदेशमा आफन्त भएका धेरैले घरबाट पार्सलमा सुकुटी पठाइदिने चलन बढ्दो
फाल्गुन २, २०७२- गाउँघरबाट विदेशमा के कोसेली पठाउने ? उत्तर सजिलो छ सुकुटी । विभिन्न मुलुक पुगेका जिल्लावासीमध्ये धेरैलाई यो कोसेली मन पर्छ ।
रुचि पहिल्याएर कोसेली पठाउनेले पनि आफन्त रिझाउने चलनलाई सुकुटीकै माध्यमले काम चलाएका छन् ।
छुट्टीमा घर आउँदा आफन्तलाई घडी, सुनको लकेट, स्क्रिनटच मोबाइल र टेलिभिजन उपहार बोकेर आउने लाहुरेहरू फर्किंदा भने आफन्तको कोसेली ‘सुकुटी मासु’ लान्छन् । ‘सुकुटी भनेपछि हुरुक्कै हुनुहुन्छ । एउटै कम्पनीको साथी फर्कन लागेकाले सुकुटी पार्सल पठाएँ,’ कतारमा कार्यरत पतिलाई कोसेली पठाउन बेनी–कालीपुलस्थित बसपार्कमा भेटिएकी भगवती ७ की सुनिता भण्डारीले भनिन्, ‘कोही फर्किने थाहा भयो कि सुकुटी पठाइदे भन्नुहुन्छ ।’
विदेशमा आफन्त भएका यहाँका धेरै घरबाट कोसेली (पार्सल) लाई सुकुटी पठाउने चलन बढ्दो छ । स्थानीय स्तरमा बनाइने सुकुटीको माग विदेशमा रहेका नेपालीमा बढी छ । परदेशी आफन्तलाई कोसेली सुकुटी मासु पठाउने बढेपछि सुकुटीको व्यापार बढेको छ । राँगा/भैंसीको सुकुटी मासु प्रतिकेजी १५ सय र भेडाच्यांग्राको प्रतिकेजी ३५ सयमा बिक्री हुन्छ । हल्का बोसोसहितको मासुको सुकुटी बढी स्वादिलो हुन्छ ।
‘बुचरबाट ल्याउने मासु राम्रो हुँदैन । घरमै भेडाच्यांग्रा काटेर उपयुक्त मासुबाट बनाएको सुकुटी राम्रो हुन्छ । तर, झन्झट कम र छिटो हुने भएकाले बुच्चरबाट मासु ल्याएर नै सुकुटी बनाउने धेरै छन्,’ कालीपुलकी सुकुटी व्यापारी इन्द्रमाया गुरुङले भनिन्, ‘घाममा सुकाएको भन्दा शीतल छायामा सुकाएको सुकुटी स्वादिष्ट हुन्छ ।
गर्मी सिजनमा सड्ने हुँदा हिउँदको चिसो मौसममा सुकुटी बनाई ओभानो र शीतल कोठामा कपडामा मोडेर राख्दा लामो समयसम्म टिक्छ ।’
जनावरको काँचो मासुलाई हतियारले चिराचिरा पारेर आगोको राप वा घाममा सुकाएर बनाइने सिकारलाई सुकुटी भनिन्छ । परम्परागत सुकुटी अगेनाको रापिलो आगोमा सुकाएर बनाउने गरिन्थ्यो । तर, माग बढेपछि भट्टी पसल र रेस्टुराँ व्यवसायीले छिटोछरितो सुकुटी बनाउन पारिलो घाममा सुकाएर बनाउने गर्छन् । सुकुटीको व्यावसायिक उत्पादन हुन थालेपछि हिजोआज ठूला होटलहरूमा सोलार ड्रायरबाट समेत सुकुटी बनाउने गरिएको छ ।

###
0 comments
Write Down Your Responses