दैलेखमा आयो, १६ लाखको बोका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अस्ट्रेलियाबाट प्रतिबाख्रा २ लाख ५८ हजार रुपैँयमा ल्याईएको बोका वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे ।
दैलेख–दैलेखमा अष्ट्रेलियाबाट १६ लाखको बोका खरिद गरी ल्याइएको छ। लोकल बाख्राहरुमा नस्ल सुधार गर्न विदेशबाट बोथ गोट जातको ६ वटा उन्नत बोका ल्याएर वितरण गरिएको हो।

स्थानीय लोकल बाख्रामा नस्ल सुधारको लागि विदेशबाट उन्नत जातको बोका ल्याइएको जिल्ला पशु सेवा कार्यालय दैलेखले जनाएको छ। नस्ल सुधार गरी कम समयमा धेरै मासु उत्पादन किसानमा गराउने योजना रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख अमृतकुमार मास्केले बताए। अष्ट्रेलियाबाट दैलेख सम्म ल्याउँदा एउटा बोकाको मुल्य २ लाख ५८ हजार रुपैयाँ पर्ने मास्केले बताए।

६ वटा बोका जिल्लाका गमौडी, नाउलेकटुवाल, खड्कवाडा, वेलपाटा, बाँसी र सल्लेरीमा रहेका समुहहरुलाई हस्तान्तरण गरिने जनाइएको छ। वर्णशंकर पाठापाठीमा नस्ल सुधार गरी मासु उत्पादनमा वृद्धि गराउने कार्यक्रम रहेको पशु विकास अधिकृत प्रचण्ड खड्काले बताए। 'बोकामार्फत स्थानीय जातका बाख्रामा नस्ल सुधार भएमा मासु उत्पादनमा वृद्धि हुन्छ,' पशु विकास अधिकृत खड्काले भने, 'मासु उत्पादन वृद्धिसगै कम समयमै राम्रो आम्दानीको स्रोत पनि हुनेछ।' प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले गाँउबाट आएका समुहलाई एक कार्यक्रमकाबीच बोका हस्तान्तरण गरे।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z