पूर्व राष्ट्रपतीका घरबेटीले पायनन घर भाडा,घरबेटीले सरकारसमक्ष अन्यत्र सारिदिन गरे आग्रह
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ,राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयका अधिकारीहरूले कात्तिक ११ मा ललितपुरको बागडोलस्थित बिष्टको घर भाडामा लिई निवर्तमान राष्ट्राध्यक्ष यादवलाई ‘सरकारी निवास’ उपलब्ध गराएका थिए । राष्ट्रपति कार्यालयको अधिकारीले घरबेटीसित मौखिक सहमतिमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडा (कर, बिजुली र पानीको महसुलबाहेक) भाडा बुझाउने लिखित पत्रसमेत दिएका छन् । पत्रमा राष्ट्रपति कार्यालयका सहसचिव शंकरप्रसाद सुवेदीको हस्ताक्षर छ ।
लामो समयसम्म राष्ट्रपति कार्यालय र सरकारका तर्फबाट घरभाडा नपाएको र घरभाडासम्बन्धी सम्झौता पनि नभएपछि घरबेटी बिष्टले तीन महिनाभित्र घर खाली गराइदिन माग गर्दै गत माघ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निवेदन दिएका हुन् ।
बिष्टले उक्त व्यहोराको पत्र माघ ११ मा राष्ट्रपति कार्यालयलाई समेत दिइएका छन् । सरकारले उपलब्ध गराएको निवासबाट यादवलाई हटाइदिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा दिइएको पत्रको बोधार्थ यादवलाई समेत दिइएको छ ।
निवेदनमा सात दिनभित्र सम्झौता गरी पूरै भाडा तिर्न र नतिरेमा तीन महिनाभित्र आफ्नो घर खाली गराइदिन माग गरिएको छ । निवेदन दिएको मंगलबार ४१ दिन पुगिसकेको छ । खाली गराउन दिइएको तीन महिनाको समय पनि ३४ दिन पुगिसकेको छ ।
बिष्टले चार महिनाको भाडा ५ लाख २० हजार रुपैयाँ पाएका छैनन् । यादव बसेपछि घरको बिजुलीको बिल ८० हजार रुपैयाँभन्दा उठिसकेको छ । बिजुली र पानीको महसुलसमेत सरकारले तिर्ने राष्ट्रपति कार्यालयको पत्रमा छ ।
बिष्टले आफ्नो घरमा पूर्वराष्ट्राध्यक्षलाई भाडामा राख्न पाएको खुसीमा बगैंचा बनाई कम्पाउन्ड परिसरमा ढुंगा छाप्नुका साथै यादवका सुरक्षाकर्मीलाई राख्न टेन्टसमेत बनाएका थिए । तर, भाडै नपाएपछि उनी घर खाली गराउन लागेका हुन् ।
आफूलाई घरबाट हटाइदिन घरबेटीले निवेदन दिएपछि यादव दिक्क छन् । ‘सरकारले भाडा नतिर्ने हो भने मलाई यहाँ ल्याएर किन राख्नुपरेको, म आफ्नै सुरले जहाँ अनुकूल हुन्छ, त्यहीँ गएर बस्थें’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भने ।

###
0 comments
Write Down Your Responses