श्रीमान बचाउन बाबुसँग रोइकराई गरेपछि बाबुले ‘छोरीको घर जोगाउन ज्वाइँलाई मृगौला’ दान दिए :: Read More News >>
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
श्रीमतीले आफ्नो बुबासँग मृगौला मागेर बचाउँछन् । तर, श्रीमानले भने श्रीमतीको रोग पत्ता लागेपछि पनि उपचार नगरेका दर्जनौ उदाहरण छन् । घटना काठमाडौ उपत्यकाभित्रकै हो ।

एउटी महिलाले आफना श्रीमान बचाउन आफना बाबुसँग रोइकराई गरेपछि हालै बाबुले आफनी ‘छोरीको घर जोगाउन ज्वाइँलाई मृगौला’ दान दिएका छन् । पारिवारिक गोपनीयता कायम गर्न उनीहरूले घटनावारे विस्तृतरुपमा बताउन चाहेनन् ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डाक्टर पुकार चन्द्रश्रेष्ठ भन्नुहुन्छ, ‘लोग्ने बचाउन श्रीमतीले आफनो र माइतीबाट मृगौला उपहार दिएको उदाहरण छ ।’ अहिलेसम्म सयौँ जनाको मृगौला प्रत्यारोपण गरिसकेका डा. श्रेष्ठ भन्नुहुन्छ, ‘मृगौला लिने धेरैजसो पुरुष छन् भने दिनेमा महिला । यो लैंगिक रुपमा अत्यन्तै ठूलो विभेद हो ।’

नेपालमा उस्तै आर्थिक अवस्था भएको पुरुषको मृगौला काम लागेन भने उसको उपचार गराइन्छ, तर सामान्यतया महिलाको मृगौलाले काम गरेन भने उपचार गराइदैन । डा. श्रेष्ठका अनुसार, श्रीमानको उपचारका लागि श्रीमतीले घर सम्पत्ति पुरै बेच्ने मात्र होइन आफ्नो माईतबाट समेत खर्च जुटाउने गरेका उदाहरणहरू छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले दिएको तथ्यांक अनुसार महिलामाथि हुने विभेदको चर्को र डरलाग्दो अवस्था मृगौला दिने क्रममा पनि देखिएको छ ।

मृगौला प्रत्यारोपण विशेषज्ञ डा. श्रेष्ठका भनाइमा, ‘नेपालमा हरेक वर्ष तीन हजार मनिसको मृगौला बेकम्मा हुन्छ । तीमध्ये ९० प्रतिशतको ज्यान जानसक्छ ।’ मृगौला काम नलाग्ने हुनेमा महिला भन्दा पुरुषको संख्या केहि बढी छ । तर मृगौला बिग्रिएर मर्नेमा भने महिलाको सख्याँ बढी छ । मृगौला बिग्रनेमा धेरैजसो २० देखि ४० वर्ष उमेर समूहका मानिस छन् ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्र बितेका डेढ वर्षमा मृगौला प्रत्यारोपण गराउने मध्ये ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला थिए । मृगौला दान गर्नेमा भने ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष थिए । अर्थात्, अङ्गदान गर्नेमा महिला बढी छन् र लिनेमा सबै जसो पुरुष ।

मृगौला दान गर्ने एकजना महिला भन्छिन् ‘लोग्ने बाँचे पो जीवनको अर्थ हुन्छ । होइन भने मेरो के अर्थ ।’ तर नेपालका अधिकांश लोग्ने मानिसहरू ती महिलाका जस्तो धारणा राख्दैनन् । महिला र पुरुषबीच देखिएको यस्तो भेदभाव मेटाउन आरोग्य फाउनण्डेसनले महिलालाई मृगौला दिने पुरुषलाई रु.५० हजार दिँदै आएको छ ।

यो पैसा केन्द्र र आरोग्य प्रतिष्ठानले ब्योहोर्दै आएका छन् । आरोग्यले यसरी पैसा दिन थालेपछि डेढ महिनामा दुई जना महिलाले पुरुषबाट मृगौला पाएका छन् । मानिसमा चेतना जगाउन र महिलामाथि हुने भेदभाव हटाउन आरोग्यले यस्तो अभियान थालेको हो । स्रोत महिला खबर
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z