यूएईमा सेक्युरीटी गार्डमा पठाउन चार देखी आठ लाख लिने चार म्यानपावरमा मन्त्रालय र प्रहरीको छापा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, ९ जेठ । रोजगारका लागि विदेश जाने गरिब नेपाली कामदारलाई ठग्ने चार वटा म्यानपावर कम्पनीमा छापा हानेको छ ।

श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागले अपराध महाशाखाको टोलीबाट भएको डिएसपीको टोलीले छापा मारेर सिल गरेको जनाएको छ ।


टोलीले डिडि ओभरसिज, एसआरएस ओभरसिज, अलसेक्योर म्यानपावर र भिक्टोरी नेपाल म्यानपावरमा छापा मारेको हो । चार वटा चलेको प्रतिष्ठीत म्यानपावर हुन् । उनीहरुले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स(यूएई)मा जाने कामदारसँग चार देखि आठ लाख रुपैयाँ लिने गरेको उजुरीका आधारमा छापा मारी सिल समेत गरेको जनाएको छ ।

प्रहरीले आइतबार छापा मारेका म्यानपावरमा भिक्टोरिया बाहेक तीन वटा म्यानपावरमा पहिला पनि नियन्त्रणमा लिएको थियो । जसमा डिडि ओभरसिज छुटको थियो । प्रहरीले गल्ती गर्ने म्यानपावरलाई समाउने र वैदेशिक रोजगार विभागमा जिम्मा लगाउने र विभागको कारबाही फितलो हुँदा ठगी बढेको आरोप लाग्ने गरेको छ । छापा मार्न एक उपसचिवका साथै चार अधिकृतको सहभागी थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z