केपी ओलीको बोली र कुरा काट्नेहरुको टोली !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
केपी ओलीका बिरोधीहरुलाई एउटा प्रश्न ? आफू प्रधानमन्त्री हुँदा देशमा कुन एउटा गतिलो काम गर्नुभयो ? कुनै एउटा गतिलो उदाहरण दिन सक्नुहुन्छ ? अनि किन केपी ओलीको मात्र आलोचना गर्नु हुन्छ ? केपी ओलीले भनेका सबै कुरा उनले नै पुरा गर्नुपर्छ भन्ने चाँही केहि छैन । उनले सुरुवात गरेका देश विकासका ठूला र राम्रा कामहरु आउने सरकारले पनि क्रमशः अघि बढाउने मात्र हो, यदि त्यसो होइन भने केपीलाई नै सधैभरि प्रधानमन्त्री बन्न दिनुपर्यो । अरुले राम्रो काम गर्ला भनेर खुट्टा तान्नुको सट्टा अरुले भन्दा अझ राम्रो काम गरेर सरकारमा जाने परिपाटीको बिकास नभई देश बिकाश हुन् सक्दैन ।
जसले सपना देख्छ त्यसले केहि न केहि त पक्कै गर्छ । सपना भनेको भिजन हो । सपना नदेख्न्नेहरु लाटोकोसेरा जस्तै हुन् । अरुको कुरा काट्नेहरु काग बराबर हुन् । काग कराउदै गर्छ पिना सुक्दै गर्छ र बिकास निर्माणको काममा कसैले बिभिन्न बाहना गरेर भाड्न खोज्दैछ भने कित त्यो अज्ञानी हो कित बिदेशीको भत्ता खाएर बोल्ने देशद्रोही दलाल हो ।

कामको सुरुवात नै नगरी कसरि सम्पन्न हुन्छ ? एउटा बच्चा जन्मिन पनि ९ महिना लाग्छ र आज रोपेको धान भोलि त्यत्तिकै फल्दैन, मल जल र गोडमेल चाहिन्छ, पाक्नलाई ६ महिना कुर्नुपर्छ ।
केपी ओली केहि गरौं भन्ने सोचले अगाडी बढेका छन् । यो उनको सकारात्मक पक्ष हो । कसरि सत्तामा पुगेर लुट्न पाइन्छ भन्ने सोच राख्न्नेहरु पनि धेरै छन् यहाँ । फेरी प्रधानमन्त्रीले बोले जति गरिदिए भने त कांग्रेस र माओवादी त डुबिहाल्यो नि । त्यसैले केहि गर्न दिने त कुरै भएन, बरु केहि गर्ला भनेर बद्नाम गर्ने, प्रधानमन्त्रीले बोलेको कुरालाई तोडमोड गर्ने र हावामा उडाउन मै व्यस्त छन् बिपक्षीहरु । गर्न खोज्नेलाई साथ दिनुपर्छ, किनकी गर्ने चाहेर पनि एक्लोले मात्र केहि गर्न सक्दैन् । १०० वटा काम गर्न खोज्नेले कमसेकम १० वोटा काम त पक्कै गर्छ ।
लेखक
मनमोहन अधिकारीले राम्रो गर्दागर्दै बिरामी मनमोहनलाई कांग्रेसले हस्पिटल भर्ना भएकै ठाउँमा राजीनामा गर्न लगाएको कुरा नबिर्सौ, त्यतिबेला मनमोहन अधिकारीलाई अझै काम गर्न दिएको भए त कांग्रेस त डुबी हाल्थ्यो नि । त्यहि काम देखेर स्थानीय चुनावमा एमालेले दुई तिहाइ मत ल्याएको कुरा इतिहास साक्षी छ । मनोमोहनलाई कनिका छरेजस्तो बजेट ल्याओ भन्ने कांग्रेस नै हो र कनिका होइन धान छरेका रहेछन, तर उम्रिएर हुर्किन नपाउँदै षड्यन्त्रकारीले बोटै निमोठे । त्यसैले षड्यन्त्रकारी र बाद्नामबादीदेखि साबधान ! गर्न खोज्नेलाई गर्ने बाताबरण दिउ, भाजो नहालौ । बदनाम र षड्यन्त्र नगरौं । सबै मिलेर देश बिकासमा योगदान दिउ । देशलाई घाटा नोक्सान हुने कुनै पनि क्रियाकलाप नगरौं । सकारात्मक सोच राखौं, नकारात्मक कुराको मात्र बिरोध गरौ । यो नै सच्चा देशभक्ति हो । देश विकासको सिद्धान्त हो । कुनै पार्टी होइन, व्यक्ति हेरौं र उसले गर्न खोजेको काम हेरौं ।
केपी ओली कुनै महा–मानव होइनन्, भगवान पनि होइनन् । कुनै दार्शनिक पनि होइनन, उनका पनि धेरै कमी कमजोरी होलान । बिपक्षीको काम भनेको कमीकमजोरी औल्याइदिने र रचनात्मक भूमिका खेल्ने हो, एकोहोरो बिरोध मात्र गर्नु विपक्षीको धर्म होइन । उनको पार्टीको बहुमत छैन, त्यसैले आफूले चाहे जसरि अगाडी बढ्न गाह्रो छ, तर पनि यो अप्ठेरो समयमा पनि केहि उदाहरणीय काम गर्न खोजेका छन् यसमा हामी सबैले तारिफ र समर्थन गर्नैपर्छ ।
सबै मान्छेका आ–आफ्नै किसिमका चरित्र र स्वभाव हुन्छन । केपी ओलीले उखान टुक्का शैलीमा बोल्दा धेरैलाई रमाइलो पनि लाग्दो रहेछ भने बिरोधीलाई चाँही उडाउने बहाना मिल्दो रहेछ । प्रमले म यसो गर्छु र यो काम गर्छु भन्न पनि नहुने ? प्रधानमन्त्रीले नभने कसले भन्ने ? प्रधानमन्त्रीले नगरे कसले गर्ने ? प्रधानमन्त्री हुँदा नगरे कहिले गर्ने ? अहिलेको यो बिषम परिस्थितिमा प्रधानमन्त्रीज्यूले सोचेर र बिचार गरेर मात्र बोलिदिएमा अझ राम्रो हुने थियो ।
मनमोहन अधिकारीपछि सबै भन्दा उत्तम प्रधानमन्त्रीका रुपमा केपी ओली देखा परेका छन्, अर्थात (बेटर देन अदर्स) उनको राष्ट्रबादी नीति र उनले सुरु गर्न खोजेका बिकास निर्माणका काम अब आउने जुनसुकै सरकारले पनि निरन्तर अगाडि बढाउनु पर्छ र अन्यथा त्यस्ता राजनीतिक पार्टीहरु आगामी निर्वाचनमा नराम्रोसंग पराजित हुनेछन् । अनि तिनीहरुको अर्को काम भनेको सडकमा बसेर बिरोध गरेर अराजकता र अस्थिरता सिर्जना गर्नु नै हुनेछ, अनि देश कसरि अगाडी बढ्ला ? त्यसैले अरुको कुरा काट्न छोडेर देश बिकासका लागि आ-आफ्नो ठाउँबाट रचनात्मक र सकारात्मक भूमिका खेल्ने हो कि ? अनि मात्र देशमा आमुल परिबर्तन आउने छ । आज हामीले दुःख पाएपनि हाम्रा भाबि पुस्ताले सुख पाउने छन् ।
हालः दुबई/यूएई ।

###
0 comments
Write Down Your Responses