कटवालले पासाङलाई सलाम ठोकेको दिन…
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
समय कसैको बसमा छैन । समयको गतिवान बेगले इतिहासको पाङ्ग्रा रोक्न खोज्नेलाई कुना कर्कटमा मिल्काइ दिन्छ । आज नेपाली समाजको सन्दर्भमा यो तत्थ्य बिस्तारै प्रमाणित हुँदै आएको छ ।



नेपाली राजनितिमा बडो बिडम्बनापूर्ण परिदृष्यहरु देख्नु प¥यो । पश्चगामी सोँच भएका मानिसहरुकालागि यो दृष्य अनपेक्षित लाग्न सक्छ । जब समयको गतिलाई बुझ्न सकिँदैन तब घटनाहरु अपेक्षाभन्दा बाहिर गएको देखिन्छ ।



जनयुद्ध भन्ने शब्द सुन्नै नचाहने राजनितिज्ञहरु आज राज्यको उच्च पदमा आसिन छन् । त्यही जनयुद्धलाई गला निमोठ्न संकटकाल घोषणा गर्न सघाउनेहरु आज त्यही जनयुद्ध लडेको पार्टीको बैसाखीमा उभिरहेकाछन् । यो राजनैतिक बिचित्रता पटक्कै होइन । सत्यताको क्रमिक उजागर मात्रै हो ।



जनयुद्धमा देखेका सम्पूर्ण सपनाहरु पुरा भएका छैनन् । लडाईं फरक ढंगले जारी छ । यो बहसको पाटो छुट्टै छ । तर हाल नेपाली राजनितिमा देखिएका परिदृष्यहरु कम चाख लाग्दा र कम उपलब्धीमूलक भने छैनन् ।



हामी सायदैले कल्पना गरेका हौंला, रोल्पामा जन्मिएकी एउटी साधारण मगरकी छोरी कुनै बेला यो देशको सभामुख बन्न पुग्छे भनेर । तर यो जनयुद्धको बलले सम्भव भयोे ।



उनी मगर लवजमा बोल्छिन् । त्यहाँ छुट्टै मिठास छ । कुनै रंगमञ्चमा नाटकको पहिलो अध्याय सुरु हुनुभन्दा पहिला सुत्रधारले बोलेजस्तो पटक्कै लाग्दैन । हाम्रो घरको, टोल छिमेकको, आमा, माइजु, भाउजु, बोले जस्तो लाग्छ । भित्र देखि अपनत्व महसुस हुन्छ । यो नेपाली समाजमा हजारौं वर्षपछिको इतिहासमा पहिलो पटक जनयुद्धको कारण सम्भव भएको हो । मध्यम वर्गिय महिला नेतृहरु, महिला अधिकारकर्मीहरु यो विषयलाई कसरी लिदैं होलान् ? यो उनीहरुलाई नै छाडिदिऊँ ।



यस्तै अर्को परिदृष्य देखिएको छ नेपाली राजनितिमा । त्यो हो उपराष्ट्रपतिमा मगरको छोरो मात्रै होइन पूर्व जनसेनाको कमाण्डर नन्दबहादुर पुन उदय । केही मानिसहरु यसो भन्दै थिए– ‘नन्दबहादुर पुन कुनैपनि कोणबाट उपराष्ट्रपति पदका लागि योग्य उम्मेदवार होइनन् । उनी त फगत अयोग्य लडाकाहरुको अयोग्य सेना नायक मात्र हुन् । कसले बनाईदियो त्यो सोझो मगरको छोरालाई उपराष्ट्रपति’ ? यस्तै यस्तै सोचेर हैरान छन् एकाथरि राजनितिज्ञहरु । उनीहरु कुनै पनि शास्त्रको कोणबाट पासाङ उपराष्ट्रपति हुने योग्य मान्छे देखिरहेका छैनन् । सबै शास्त्रहरु असफल भएको छ यतिबेला । मूलतः यो जनताको शास्त्र सफल भएको हो ।



थाहा छैन कति वटा महंगा रक्सीका बोतलहरु फोरिए ? कति रात ऐंठन प¥यो होला ? कति रात बर्बराए होला जर्र्सापहरु ? र अब आत्मा कथाको दोस्रो अध्यायमा के लेख्लान कटवाल सापले ?



सचेततापूर्वक कुर्वानी दिएका बलिदानको ईतिहास कुनै कालखण्डमा ओझेल परेपनि अन्ततः सत्यको जीत हुन्छ । जनयुद्ध सहि समयमा, सहि उदेश्यका लागि, सहि तरिकाले सञ्चालन भएको थियो भन्ने पुष्टी भएको छ । आज उपराष्ट्रपति पासाङको बिजय सिङ्गो जनयुद्धको बिजय हो । जनयुद्धमा बगाएको हजारौं शहीदहरुको विजय हो ।



कटवाल एक त्यस्ता जर्र्साप हुन् जसले सुकिलाहरुको मात्रै कुरा सुन्छन्  । तिनलाई मैलाधैलाहरु सिंहदरबार आसपास उभिएको मन पर्दैन । ति गाउँका झुपडिहरुबाट शहरका राज्ययन्त्रहरुमा आएको उनि देखि सहन्नन् । उनले जनताले जिताएर पठाएको प्रचण्डलाई बालुवाटारबाट पदच्युत गर्न रक्तपातको समेत तानाबाना बुनेको सगर्वका साथ आफ्नो आत्मकथामा लेखेका छन् ।



उनले दोस्रो आत्मकथा लेख्लान् या नलेख्लान् ? लेखेपनि, नलेखेपनि उनलाई १० वर्षे जनयुद्धका फौजी कमाण्डर नन्दबहादुर पुन पासाङको उपराष्ट्रपतिमा विजयले उनको निद हराम भएको हुनुपर्छ ।



पाठक मित्रहरु, साँच्चै एउटा प्रश्न मनमा उठिरहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भेट्दा पूर्व सेनापति रुक्माङ्गत कटुवालले ठोकेको सलाम कस्तो देखिएला ?
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z