विदेशबाट फर्केकाले ल्याउने टिभीमा के छ नयाँ बजेटको व्यवस्था?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

आर्थिक विधेयक २०७३ को ४०१ पेजमा यसबारे उल्लेख छ-
tv
tv1
बुझ्नुभयो होला, वैदेशिक रोजगारमा गएर कम्तिमा लगातार १२ महिना काम गरी फर्केको नेपाली नागरिक हो भने ३२ इञ्चसम्मको टिभी ल्याउँदा केही पनि तिर्नुपर्दैन।
त्यसो होइन भने दुई किसिमको भन्सार महसूल तिर्नुपर्छ- तपाईँ ६ महिनासम्म विदेशमा बसेको हो कि ६ महिनाभन्दा बढी बसेको हो? ६ महिनासम्म बसेको भए इन्च गनेर एउटा भाउ, छ महिनाभन्दा बढी बसेको भए अर्को भाउ।
त्यो माथि विधेयकमा लेखिएको त भन्सार महसूल मात्र हो। त्यसमा थप ५६५ रुपैयाँ भन्सार सेवा शुल्क पनि तिर्नुपर्छ। त्यसो भए ठ्याक्कै कत्रो टिभी ल्याउँदा कति रुपैयाँ तिर्नुपर्छ भन्ने तपाईँलाई लाग्न सक्ला। तलको सूची हेर्नुस्-
यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।
यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।
माथिको भन्सार कार्यालयको सूचनामा आर्थिक ऐन २०७० बमोजिम लेखिएको छ, अहिले त २०७३ साल हो, मिल्छ त भन्ने लाग्ला। मिल्छ। किनभने भन्सार महसूलमा कुनै हेरफेर गरिएको छैन। सेवा शुल्क पनि उस्तै हो।

###
0 comments
Write Down Your Responses