'बुद्ध वाज बर्न इन नेपाल' ट्रेण्ड ट्विटरमा सबैभन्दा माथि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: माइक्रो ब्लगिङ सञ्जाल ट्विटरमा 'बुद्ध वाज बर्न इन नेपाल' (#BuddhaWasBornInNepal) ट्रेन्ड सबैभन्दा अगाडि देखिएको छ। महामानव गौतम बुद्धको २५६० औ जन्मजयन्ती नेपालमा भव्यताका साथ मनाइरहाँदा ट्विटरमा यो ट्रेन्ड सबैभन्दा अगाडि देखिएको हो।


ट्रेण्डमा  बुद्ध वाज बर्न इन नेपाल ६ हजार ९२ पटक ट्विट भएको छ भने बुद्धजयन्ती, बुद्धपूर्णिमा १४ हजार पटक ट्विट भएको छ। ट्विटरमा लेखिएका सबै ट्विटहरु बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विचारहरु व्यक्त भएको देखिन्छ।  यो   ट्रेन्ड बढ्ने क्रम जारी छ।


छिमेकी मुलुक भारतले बुद्ध नेपालमा होइन भारतमा जन्मिएका हुन् भनेर प्रचार गर्नेप्रति ट्विटेहरुले कडा प्रतिक्रिया दिएका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीलाई समेत सचेत गराएका छन्।





२५६० औ बुद्धजयन्तीमा शनिबार बुद्धको जन्मस्थल लुम्बिनीमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ। विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेता मन्त्री, विभिन्न देशका मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z