माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजना निर्धारित समयमा सम्पन्न गर्दै चीनिया कम्पनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
निर्माणधीन ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना समयमै सम्पन्न गर्न चीनिया कम्पनी सिनोले कामको गति बढायो
मुलुकमा अहिलेसम्म निर्माण गरिएका थोरै जलविद्युत आयोजनाहरु मात्रै तोकिएकै समयमा सम्पन्न भएका छन् । नेपालको जलविद्युतमा पहिलोपटक लगानी गरेको बहुराष्ट्रिय चिनियाँ कम्पनी सिनोले लमजुङमा निर्माणाधिन ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्ने गरी काम गरिरहेको छ । नेपालीको मन जित्ने तयारीका साथ आयोजना निर्माणको कार्यलाई द्रुत गतिमा अघि बढाएको कम्पनिले जनाएको छ ।
लमजुङमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले तोकिएको समयमा निर्माणको कार्य सक्ने गरी कामको रफ्तार बढाएको छ । आगामी अगष्ट ३० मा विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ आयोजनाले कामको ‘स्पिड’ बढाएको हो ।
मुलुकमा अहिलेसम्म निर्माण गरिएका अन्य जलविद्युत आयोजनाहरु भन्दा निकै रफ्तारमा निर्माण भएको यो आयोजनालाई नाकाबन्दीले नराम्ररी प्रभावित पारेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।
चीनको बहुराष्ट्रिय कम्पनी सिनोले आगामी अगष्ट महिनाको ३० तारिखमा आयोजनाबाट विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ सुरुङ, विद्युतगृह, बाँध क्षेत्र र प्रसारण लाइनको कामलाई तिब्र रुपमा अघि बढाएको छ । प्रवद्र्धक कम्पनी सिनोले अहिलेसम्म बाँधको सिभिलतर्फको काममा ९८ प्रतिशत काम सम्पन्न गरिसकेको छ ।
यस्तै सुरुङको ९६ प्रतिशत, विद्युत गृहको सिभिलतर्फ ९५ प्रतिशत, मेकानिकलतर्फ ८५ प्रतिशत र इलेक्ट्रामेकानिकलतर्फ ६० प्रतिशत निर्माणको कार्य सम्पन्न गरिसकेको छ । प्रवद्र्धक कम्पनी सिनो–सगरमाथाले आयोजनाको निर्माण कार्यसँगै प्रसारण लाइन निर्माणको कार्यलाई पनि अघि बढाएको छ ।
आयोजनाले अहिलेसम्म ५४ वटा टावरमध्ये ५१ वटा टावर तयार पारिसकेको छ भने तार टाँगने काम पनि शुरु गरिसकेको आयोजनले जनाएको छ । आयोजनाका प्रभावित गाविसहरुमा आयोजनाका तर्फबाट विनियोजन गरिएका रकमबाट सडक, खानेपानी, पुल, विद्यालय लगायतका कार्यहरु पनि धमाधम अघि बढिरहेको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिका अध्यक्ष जीतबहादुर गुरुङले बताउनुभयो ।
बाहुनडाँडा–७ ङादी दोभानमा बाँध बाँधी ङादी बजारबाट ५ किलोमिटर लामो भुमिगत सुरुङ मार्फत भुलभुलेको वडा नं ३ स्थित मस्र्याङ्दी तटमा निर्माण गरिएको विद्युत गृहमा पानी खसाली विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । प्रभावित क्षेत्रका मजदुरले आयोजनाबाट मासिक रुपमा ८० लाखभन्दा बढी र बार्षिक रुपमा १० करोड आम्दानी गर्ने गरेका छन् । जिल्लामा निर्माण सम्पन्न भएका ४ आयोजनामध्ये ४ दशमलब ४ मेगावाट क्षमताको राँधी खोला र ५ मेगावाट क्षमताको सिउरी खोलाको निर्माण कार्य छिटो गरी सकाएपछि जिल्लाको लगानीमैत्री वातावरण बनेको हो ।

###
0 comments
Write Down Your Responses