पूर्व अर्थमन्त्री महतले रिसाएर फोन टेबुलमा पच्छारे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ११ असार । पूर्व अर्थमन्त्री रामशरण महतले पत्रकारसँग कुरा गर्ने क्रममा भूकम्पपीडितको सहयोग र राहतका विषयमा स्पष्ट जवाफ दिन नसक्दा लज्जित हुनु परेको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (शनिबार) बिहान पत्रकार ऋषि धमलासँगको कुराकानी गर्ने क्रममा जवाफ दिन नसकेपछि पूर्व अर्थमन्त्री महतले रिसाएर फोन राखेका हुन् । उनले फोन राख्दा ‘घड्याक’को अवाज आएको थियो । महत रिसाएर लाईभ कार्यक्रममा पत्रकार धमलालाई ‘तपाईले कुरा नबुझ्ने मान्छे’ भन्दै अपशब्द बोलेका थिए ।
पत्रकार धमलाले भूकम्प गएको बेला र राहत वितरण गर्ने क्रममा पनि तपाई अर्थमन्त्री हुनुहन्थ्यो किन राहत वितरण गर्नु भएन भनेर प्रश्न सोधेपछि महतले गोलमटोल जवाफ दिएका हुन् ।
भूकम्पको राहतका विषयमा केन्द्रित रहेर अर्को जिज्ञासा राखेपछि पूर्व अर्थमन्त्री महतले भने, ‘पैसा दोकानबाट बाँडे जस्तो हो र ? पैसा मेरो पालामा किन बाँड्ने ? अहिलेको सरकारले बाँड्नु पर्छ । मैले सहयोग जुटाइ दिएको हुँ ।’
कांग्रेसले अहिले भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख दिनुपर्ने भन्दै सदन अबरोध गर्दै आएको छ ।
कांग्रेसको सरकारको पालामा अर्थमन्त्री रहेका महतले राहत संकलन गरेपनि पीडितलाई राहत दिन मानेका थिएनन् । उनले अहिले आएर राहतको कुरा गर्नुलाई सबैले रहस्यका साथ हेर्ने गरेका छन् ।

###
0 comments
Write Down Your Responses