पोर्चुगल युरोको क्वाटरफाइनलमा, क्रोएशिया बाहिरियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलको उद्धार गरे । उनी जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७औं मिनेटमा मैदान प्रबेश गरेका थिए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।

यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि अन्त्यतिर पाएको अवसर सदुपयोग गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुग्यो । अभागी ठहरिएको क्रोएशियाले खेल अवधिभर पोर्चुगलको पोष्टमा २१ पटक आक्रमण गरेको थियो जवकि पोर्चुगलले त्यस्तो अवसर ४ पटकमात्र पाएको थियो ।

सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि उ सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसको विपरित पछिल्ला पाँच संस्करणमा क्रोएशियाले पहिलो पटक नकआउट चरण खेलेको थियो  ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z