काबुलमा मारिएका बुटवलका जितेन्द्रको कथा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
छोराको न्वारन गरेर काबुल गएको चार महिनामा मृत्युको खबर,दोश्रो पटक गएकाथिए त्यहां
बुटवल,काबुल आक्रमणमा मारिएका बुटवलका जितेन्द्र थापा छोराको न्वारन गरेर काबुल गएकाथिए । गएको चार महिनामै परिवारमा बज्रपात पर्यो । ४१ बर्षीय उनी  बुटवल १३ देवीनगरका हुन् । गत फागुनमा उनी दोश्रो पटक काबुल गएकाथिए ।

झण्डै १८ वर्ष भारतीय सेनामा काम गरेका उनले एक वर्ष इराकमा काम गरेका थिए । पछि करिब ४ वर्षअघि अफगानीस्थानको काबुल पुगे । साढे दुई वर्ष बिताएर घर फर्केका उनी फेरि काबुल गएका थिए ।
उनका दुई श्रीमती रतीन छोरा छन् । जेठी पत्नी गोमती थापा र दुई छोरा छन् बुटवलमा बस्छन् । कान्छी पत्नी संजीता लामा भने काठमाडौमा बस्छिन् । २ वर्षअघि विवाह गरेका उनीपट्टी पनि ५ महिने छोरा छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले धेरै प्रयासपछि मात्रै उनको घरबारे पत्ता लगाउन सकिएको बताए ।
सञ्चारका माध्ययमबाट श्रीमान मारिएको थाहा पाएकी कान्छी श्रीमती संजीताले घटनापछि शोक र अन्यौलमा परेको बताईन । टेलिफोन कुराकानीमा उनले शब कसरी ल्याउने भन्ने बारेका अन्यौल परेको र त्यसबारे कसैले नसोधेको गुनासो गरिन ।
उनले भनिन् ‘अहिलेसम्म कसैले शब कसरी ल्याउने भनेका छैनन् । के गर्ने ? कसलाई सोध्ने केही थाहा छैन ।’
जितेनका बाबु आमा भने छैनन् ।

सो घटनामा उनीसहित १४ जना नेपाली मारिएकाथिए ।

छिटो शव ल्याइदिनु पर्याे, किरिया गर्न सघाइदिनु पर्याे -परिवार
DSC_3886
थापाको मृत्युको खबरले बुटवलस्थित परिवारका सदस्य विछिप्त छन् । आइतबार सांझमात्रै छोरा विमलले बाबुसित इन्टरनेटबाट कुरा गरेका थिए । सबैको हालखबर सोधेका बाबुले छिटै फर्कने सुनाएका थिए । ‘अहिलेसम्म सरकारी निकायको मान्छे कोही आएको र भनेको छैन ।’ बुटवल बस्ने जेठी पत्नी गौमतीले भनिन् ‘उहाको मृत्यु नै भएको भए शब जतिसक्दो छिटो ल्याइदिनु पर्यो । काजक्रीयामा सघाइदिनुपर्यो ।’
जेठा छोराले विटिआई टेक्नीकल इष्ट्रिच्युटमा हार्डवेयर मेकानीक्स पढ्दैछन् । कान्छा विमलले ११ को परीक्षा दिएर बसेका छन् । ब्रिटीस आर्मीमा भर्ती हुने चाहनाले एसएलसीपछि नै त्यतापनि तालिम लिदैछन् । ‘ड्याडीले महिनाको ६ हजार मेरै नाममा पठाइदिनुहुन्थ्यो । यसैबाट पढ्ने र तालिम गर्ने गरेको थिए ।’ विमलले भने ‘अब त पढाइ पनि छुट्छ होला । ड्याडी त अब फर्कनुहुन्न । उहाको शब छिटो झिकाइदिनु पर्यो । हाम्रो पढाइमा पनि सरकारले सहयोग गर्नुपर्यो ।’
२ वर्षअघि विहे गरेकी कान्छी श्रीमती संजीता ५ महिने छोरासहित काठमाण्डौ छन् ।

अन्तिमको तस्विर  –जितेन्द्र सिंह थापाकी जेठी पत्नी गौमती र कान्छा छोरा विमल  । तस्विर -भुवन पाण्डे
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z