दश वर्षे द्वन्द्वमा नढलेका चन्द्रबहादुर काबुलमा ढले
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
'ऋण तिरेपछि जागिर छाड्ने भन्नुहुन्थ्यो हामीलाई छाड्नुभो'
७ असार, काठमाडौं । काभ्रेको ठूलोपर्सेल-७ का चन्द्रबहादुर रानामगर नेपाल प्रहरीको हबल्दार हुँदा तत्कालीन विद्रोही माओवादीसँग दर्जनौंपटक आमने सामने भए । पटक-पटकको मुठभेड झेलेका उनी पेन्सन पाक्ने बेला १४ वर्ष लामो जागिरे जीबन छाड्ने निष्कर्षमा पुगे र राजिनामा दिएर अफगानिस्तानको राजधानी काबुल हानिए ।
तत्कालीन सरकारबाट आतंककारी घोषित नेकपा माओवादीबाट जोगिए पनि चन्द्रबहादुर काबुलका आतंककारीबाट भने जोगिन सकेनन् । १४ जना सुरक्षा गार्ड सवार मिनिबस आत्मघाती आक्रमणकारीको निशानामा पर्यो र चन्द्रबहादुरसहित १२ जना नेपाली सुरक्षा गार्डको दुःखद निधन भयो ।
विगत केही वर्षदेखि काठमाडौंको धुम्बाराहीमा कान्छी श्रीमतीसँग बस्दै आएका चन्द्रबहादुर विदेशी भूमिमा काम गरेर प्रशस्त पैसा कमाउने र परिवार पाल्ने उद्देश्यसहित विदेश हानिएका थिए । तर, बिडम्बना उनको उद्देश्य सफल हुन सकेन ।
घरका साहिँला छोरा ४४ वर्षीय चन्द्रबहादुरले दोस्रो विवाह गरेका थिए । जेठी श्रीमतीबाट एक छोरी र एक छोरा तथा कान्छी श्रीमतीबाट दुई छोरी र एक छोरा छन् । जेठी श्रीमती चन्द्रमायातर्फकी छोरीको बिहे भइसक्यो तर, अरु छोरा-छोरीको पढाइ लेखाइ, लालन पालन, बिहेबारीको जिम्मेवारी उनको काँधमा थियो । तर, एकाएक वियोगको खबर सुन्दा चन्द्रबहादुरको परिवार अहिले शोकमा डुबेको छ ।
हामी धुम्बाराहीस्थित चन्द्रबहादुरको घरमा पुग्दा कान्छी श्रीमती गंगाकुमारी बेहोस् थिइन् । छोरा-छोरी रोइरहेका थिए । छिमेकीहरुले उनीहरुलाई सान्त्वना दिँदै सम्हाल्ने कोशिस गरिरहेका थिए ।
गत शुक्रबार मात्रै चन्द्रबहादुरसँग घरका सदस्यहरुको टेलिफोनमा कुराकानी भएको थियो । ‘अस्ती भर्खर उहाँसँग सन्चो बिसन्चोको कुरा भएको थियो,’ चन्द्रबहादुरकी भान्जी सजनी थापाले अनलाइनखबरसँग भनिन्, ‘अहिले यस्तो नराम्रो खबर सुन्न पर्यो ।’
प्रहरीको जाडिर छाडेपछि चन्द्रबहादुर २०७१ माघ महिनामा काबुल गएका थिए । उनले काबुलस्थित क्यानडाको दूतावासको सुरक्षा गार्डको जागिर पाए । जागिर जोखिमयुक्त भए पनि कमाई राम्रै थियो । एक महिनाको विदामा आएर गत जेठ १७ गते मात्रै काबुल फर्किएका उनी कहिल्यै नफर्किने गरी सदाका लागि विदा भएका छन् ।
धुम्बाराहीमा ३० लाख रुपैयाँ ऋण गरेर एक तलाको घर किनेका थिए उनले । ऋण तिरिसकेपछि जागिर छाड्ने र परिवारका सदस्यहरुसँगै बस्ने योजना थियो उनको । ‘ऋण तिरिसकेपछि काबुलको जागिर छाड्ने बताउनु भएको थियो तर अहिले हामीलाई छाडेर जानुभयो,’ भान्जी सजनीले भनिन्, ‘अब माइजू र यी साना भाई बहिनीको अवस्था के हुने होला ?’

###
0 comments
Write Down Your Responses