मदन भण्डारीसँग भेट हुन पाएको भए के हुन्थ्यो होला? (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीसँग जनयुद्ध सुरु हुनुभन्दा अगाडि भेटघाट तय भएको बताएका छन्। तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएकाले पूर्व निर्धारित त्यो वैचारिक भेट हुन नसकेको सुनाए।

‘त्यतिबेला मैले उहाँसँग भेट्न पाएको भए के हुन्थ्यो होला?’, मदन भण्डारी फाउन्डेसनले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘यो एउटा हाइपोथेटिकल कुरा हो। हामीबीच भेट हुन पाएको भए जनयुद्धका पक्षमा मैले वा जनताको बहुदलीय जनवादमा उहाँले प्रभावित पार्न सक्ने अवस्था हुनसक्थ्यो।’

भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको कार दुर्घटनामा निधन भएको थियो। ललितपुरका एक बुद्धिजीवीले मदन भण्डारीसँग जेठ ११ मा भेटघाट तय गरिदिएको सुनाए।

वैचारिक मेलको अझै सम्भावना

कार्यक्रममा अध्यक्ष दाहालले भण्डारीको जबज र जनयुद्धपद्धिको शान्ति रुपान्तरण तथा मुलुकको सम्वृद्धिका लागि दुई पार्टीबीच मेलको सम्भावना रहेको उल्लेख गरे। 'हामीले अहङ्कार र स्वार्थ केन्द्रित पक्ष त्यागेर राष्ट्रिय स्वाधीनता र समृद्धिका पक्षमा उठेका वैचारिक प्रश्नलाई उत्तर दिने आँट र नेतृत्व गर्न सक्ने हो भने अहिले पनि दुई पार्टीको मेलको सम्भावना छ', उनले भने।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z