गगन थापा भन्छन्- प्रधानमन्त्री ओलीले देखाएका सबै सपना पूरा हुन्छन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारले ल्याएका सबै योजना पूरा हुनसक्ने बताएका छन् ।
भिजन टेलिभिजनमा पत्रकार झलक गैह्रेसँगको अन्तर्वार्तामा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भिजन देखाएको र त्यो पूरा हुनसक्ने बताए ।
उनले भने- ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएका सबै सपना पूरा हुनसक्छ, हुनुपर्छ । समृद्ध नेपालका लागि उहाँका योजनाहरु महत्वपूर्ण छन् ।’
१५ बर्षपछि पार्टी राजनीति त्याग्ने घोषणा गरेका थापाले अन्तर्वार्तामा नेपाललाई समृद्ध बनाउने आफ्नो सपना पनि सुनाएका थिए । विकासका योजनामा सरकारकालाई आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले कांग्रेसले पनि सकारात्मक एजेण्डामा साथ दिनुपर्नेमा जोड दिए ।
अन्तर्वार्तामा उनले वर्तामान सरकारले भूकम्प पीडितलाई राहत तथा अनुदान रकम वितरण गर्न ढिलाइ गरेकोमा आलोचना पनि गरेका थिए ।
यसअघि नेपाली कांग्रेकी नेतृ एवं केन्द्रीय सदस्य सुजाता कोइरालाले लगातार वर्तमान सरकार ढाल्न नहुने र विकासका योजनामा कांग्रेसले सहयोग गर्नुपर्ने बताउँदै आएकी छिन् ।

###
0 comments
Write Down Your Responses