एसएलसी परीक्षाफल, कुन् ग्रेडमा कति उत्तीर्ण ? हेर्नुहोस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एसएलसीको ८२ वर्षे इतिहासमा यसैवर्षदेखि ग्रेडिङ पद्धति लागू भएको  हो । जस अन्तर्गत प्राप्तांकको आधारमा विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार६१५५५३ जनाले परीक्षा आवेदन फारम भरेकोमा ५ लाख ८८ हजार १ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।



जसमध्ये नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थी र एक्जाम्टेडतर्फ १५०८२६ परीक्षाफल सार्वजनिक भएको हो ।
परीक्षाफल अनुसार सबैभन्दा धेरै विद्यार्थीहरु १.६ ग्रेड प्वाइन्टदेखि २.० ग्रेड प्वाइन्टमा उत्तीर्ण भएका छन् । यो ग्रेड प्वाइन्ट ल्याएर नियमिततर्फ एक लख ४२ हजार ७८ हजार विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियण्त्रण कार्यालयले जानकारी दिएको छ ।
एक्जाम्टेडतर्फ पनि सबैभन्दा धेरै १.६ देखि २.० ग्रेड प्वाइन्टसहित ७५ हजार ३ सय ४० जना विद्यार्थी उत्तीर्ण भएका छन्
९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि  १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कन दिइएको छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित भएको छ ।

यस वर्ष परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ एसएलस्मिा परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थीले परीक्षा दिएका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z