त्यो इराक, यो अफगानिस्तानः त्यस्ता देउवा, यस्ता ओली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
समाचार टिप्पणी
सोमबार विहान अफगानिस्तानको राजधानी काबुलमा नेपाली सवार बसमा आत्मघाती आतंकवादी हमला भयो । उक्त हमलामा १२ नेपाली, दुई भारतीय नागरिकसहित १४ जनाको मृत्यु भयो । पाँच नेपालीसहित ९ जना घाइतको अहिले उपचार भइरहेको छ ।
सन २००४ अर्थात २०६१ साल भदौ १६ गते इराकमा १२ नेपाली नागरिकको निमर्मतापूर्वक हत्या गरियो । रोजगारीका लागि इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इश्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रमण गरे ।
ती देउवा, यी केपी
इराकमा १२ नेपालीको निर्मम हत्या हुँदा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो । प्रधानमन्त्री थिए, अहिलेका सभापति शेरबहादुर देउवा । श्रमराज्यमन्त्री थिए, डा. प्रकाशरण महत । त्यो बेला परराष्ट्र इराक तथा अफगानिस्तानजस्ता युद्धग्रस्त मुलुकमा बैधानिक रुपमा प्रबेशाज्ञा बन्द थियो । तर, हजारौँ नेपाली धन कमाउन त्यहाँ पुगेका थिए । पुगेका मध्ये १२ जना मारिए, उनीहरुको शव ल्याउन सरकारले सकेन् । अहिले जसरी सरकारले नै जहाज पठाउने त कहाँ हो कहाँ ? देउवा सरकार दुई हप्तासम्म हेरेको ह¥यै भयो । यता, काठमाडौँ भने जलेको थियो । अधिकांश सबै म्यानपावरमा तोडफोड तथा आगजनी भएको थियो ।
इराकमा नेपाली मारिँदा शव ल्याउन झण्डै दुई हप्ता लागेको थियो, तर अहिले प्रधानमन्त्री ओलीले दुई दिन नबित्दै आफ्नै देशको जहाज पठाएर शव स्वदेशमा ल्याए । विमानस्थलमा पुगेर आफैले श्रद्धाञ्जलिमात्रै दिएनन्, घरसम्मै लैजान सहयोग पनि गरे ।
फरक यत्ति मात्र हो– अहिले १२ जनाको ज्यान जाने गरी आफगानिस्तानको काबुलमा भएको आतंककारी घटना हुँदा नेकपा एमालेको नेतृत्वमा सरकार छ । प्रधानमन्त्री छन् एमालकै अध्यक्ष केपी शर्मा ओली । १२ नेपालीको ज्यान जाने घटनापछि ओलीले नेपालकै इतिहासमा पहिलोपटक मृतक नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक जहाज चार्टर्ड गरेर पठाउने निर्णय गरे । विमानस्थलमै पुगेर मृतकका आफन्तलाई भेटे, सान्त्वना दिए । मृतकका शव बुझ्ने काम पनि गरे । यति मात्रै होइन् मृतकको शवलाई घरसम्मै पुगाएर परिवारको जिम्मा लगाउने काम पनि ओलीले नै गरे ।
अवैधानिक रुपमा भारत तथा संयुक्त अरब इमिरेट्सलाई ट्रान्जिट बनाइ इराक र अफगानिस्तान प्रबेश गर्नेको भीड नै छ । यसरी सरकारी नियमावली अवज्ञा गर्दै अबैधानिक भएर गएकाहरुप्रति सरकार र राजदूताबासको पूर्णतः कुनै जिम्मेवारी तथा दायित्व हुँदैन ।
तर, वर्तमान ओली सरकारले कुनै ढोँग देखाएनन् । न त वैधानिक र अवैधानिक भनी बिल्ला नै लगाए । बरु? घटनाको १२ घन्टाभित्र पाकिस्तानी राजदूताबासका काउन्सिलरलाई काबुल पठाई घटनाको अनुसन्धान गरी संसदमा घटनाको तथ्य बिवरण पेश गरियो । भारतलाई नगुहारे आफ्नै देशको जहाज प्रयोग गरी मृतकहरुको शव लिएर आउने निर्णय पनि २४ घन्टा भित्रै भयो । अबैधानिक भएपनि आफ्ना नागरिकप्रतिको दायित्व बहन गरी ओली सरकारले नैतिकताको इज्जत पनि राखे । र, नेपालीको शिर अझै उचो बनाए । नागरिकप्रति राज्य सम्वेदनशील भन्ने महसुस पनि ओलीले गराउन सफल भएका छन् । उनले प्रवासमा रहेका लाखौँ नेपालीको सहानुभूति र सम्मानमात्र पाएका छैनन्, सामाजिक सञ्जालमा उनको खुबै तारिफ र प्रशंसा भइरहेको छ । अझ प्रधानमन्त्री आफै बिमानस्थल पुगेर मृतक शरीरमात्र निहुरेर नमस्कार गर्दै सम्मान प्रकट गरेपछि ओलीमाथि धेरै नतमस्तक देखिएका छन् ।
नेपालीहरु दैनिक हजारौँको संख्यामा विदेशिने गरेका छन् । धेरै बाध्यताले विदेशिएका छन्, थोरैमात्र छन्, रहरले विदेशिने । आफ्ना परिवारलाई सुखसयलमा राख्ने सपना देख्दै विदेशमा जस्तोसुकै जोखिम मोलेर नेपालीले काम गरिरहेका छन् । उनीहरुले पठाएको रकमबाट परिवारमात्र होइन्, राज्य संचालनमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको छ । सँधै हेपिएका तर राज्यको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेका प्रवासी नेपालीहरुलाई प्रधानमन्त्रीले जुन सम्मान देखाएका छन्, यसले धेरै नेपालीले हर्षको आँशु बगाएका छन् ।
- घटना एकः

- घटना दुईः

###
0 comments
Write Down Your Responses