छोराबुहारी डाक्टर, आमा आज पास भइन् एसएलसी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं– ज्वाला विष्टका एक छोरा र दुई बुहारी डाक्टर छन् । जेठो छोरा सेनाका मेजर छन् भने छोरी अमेरिकन आर्मीमा अधिकृत छिन् । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएर यो ठाउँमा पुर्याउने उनी आफैं भने आज एसएलसी पास भइन् ।
अछाम कालिकास्थान २ की ६१ वर्षीया बिष्ट २०६३ जेठ १ मा उत्प्रेरणा महिला माध्यमिक विद्यालयमा एक कक्षामा भर्ना भएकी थिइन्। सानोमा गाउँमा भएकाले पढन् पाइनन्, पछि सन्तान हुर्काउनतिर लागिन् । सबैले पढाइ सकेर रोजगार थालेृपछि उनी पढ्न थालेकी हुन् ।
जेठा छोरा हेमराज बिष्ट सेनाका मेजर हुन्। कान्छा छोरा रोशन अमेरिकामा मुटु रोगमा विशेषज्ञता हासिल गरिरहेका छन्। दुईटै बुहारी डाक्टर हुन् । जेठी बुहारी डा अनिता थापा भक्तपुर क्यान्सर हस्पिटलमा गाइनोक्लोजिष्ट हुन् । छोरी कविता अमेरिकी आर्मीमा अफिसर छिन् । उनका श्रीमान् कांग्रेस नेता रामबहादुर बिष्ट पूर्वसांसद हुन्। कान्छी छोरी कविताले नै १२ कक्षा सकेपछि उनले पढ्न सुरु गरेकी थिइन्। आफ्नो क्याम्पस पढ्ने धोको रहेको उनले बताएकी छिन् । पढ्नका लागि कुनै कुराले नछेक्ने समेत उनले प्रमाणित गरिदिएकी छिन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z