घर बनाउँदा कुन नदीको दायाँबायाँ कति जग्गा छाड्नुपर्छ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ।
वाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मिटर धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मिटर दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए।
“नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु), साङ्ले र महादेव खोलामा १० मिटर, शोभाभगवतीस्थित विष्णुमती खोलामा मिसिने करखुसी खोलामा छ मिटर, इच्छुमती, सामाखुसी एवम् उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर दायाँबायाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्न सार्वजनिक सूचना जारी गरिएको छ, कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइने छैन”– उनले भने।
नदी वा खोलाको दायाँबायाँ भौतिक संरचना निर्माण गर्दा बाढीको जोखिम पनि हुने सम्भावना रहेकाले मानवीय दृष्टिले समेत मापदण्ड लागू गरिएको प्राधिकरणले जनाएको छ। यो मापदण्डले नदी किनारका पर्ती एवम् सार्वजनिक जग्गाको पनि संरक्षण हुनेछ।
विसं २०२१ मा वाग्मतीको दायाँबायाँ १०० मि छाड्नुपर्ने नियम भएकामा उपत्यकामा बस्ती बढ्दै गई आवासीय क्षेत्र पनि घटेकाले ३० मि हुँदै अहिले २० मिमा झारिएको प्राधिकरणले जनाएको छ। रासस

###
0 comments
Write Down Your Responses