तेह्र नेपाली मार्ने तालिवानी अातङककारीलार्इ अफगानी सेनाले यसरी घेरा हाली मार्याे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

साथै अन्य दुई घाइते भएका प्रान्तीय सरकारद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस आक्रमणबाट एक सवारी साधन, मोटरसाइकल र हातहतियारसमेत नष्ट भएको सो विज्ञप्तिमा थप जानकारी दिएको छ । यस हवाई आक्रमणमा मारिएका तालिवान समूहका सदस्यहरु रहेका जनाइएको छ । यस आक्रमणमा परी सर्वसाधारण नागरिक भने हताहत नभएको जनाइएको छ्र । यस आक्रमणको विषयमा तालिवान आतङ्ककारी समूहले कुनै टिप्पणी गरेका छ्रैनन् ।
यसैगरी प्राप्त अर्काे एक समाचारमा अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको वालीकोट नामक एक जिल्लामा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा ठूलो सङ्ख्यामा तालिवान आतङ्ककारी मारिएको अनुमान गरिएको छ । उक्त जिल्लाको जाङ्गतान क्षेत्रमा शुक्रबार विहान सवेरैबाट सुरु भएको यस कारबाहीमा तालिवान आतङ्ककारी मारिएको अनुमान गरिएको हो । तालिवान आतङ्ककारी समूहले गत अप्रिलदेखि भीषण आक्रमण गर्ने घोषणा गर्दै सर्वसाधारण नागरिक र सुरक्षकर्मीमाथिको कारबाहीलाई तिब्र पारेका छन् ।
तालिवानहरु विरुद्ध प्रहरीले जारी राखेको कारबाहीमा पनि सफलता प्राप्त भइरहेको बताइएको छ । आइएसको आक्रमणमा तीन सर्वसाधारण र तीस आतङ्ककारी मारिए यसैबीच पूर्वी अफगानिस्तानमा आइएस आतङ्ककारी समूहले गरेको आक्रमणमा तीन सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका छन् ।
प्रान्तीय सरकारले सो जानकारी दिएको छ । मारिएका तीन सर्वसाधारणमा एक बालकसमेत रहेका जनाइएको छ । कोत जिल्लाको सिपे र बन्दार इलाकामा रहेका कैयौँ सुरक्षा जाँचचौकीमा आइएस आतङ्ककारीले आक्रमण गरेका छन् ।
आइएस लडाकू र सुरक्षाकर्मीबीच शुक्रबार बिहानसम्म पनि झडप जारी रहेको बताइएको छ । सुरक्षाबलले जारी राखेको कारबाहीमा ३० भन्दाबढी आतङ्ककारीहरु मारिएका बताइएको छ । आइएसले आक्रमणमा कैयाँै सर्वसाधारणको घरहरुमा गोली प्रहार गरेको बताइएको छ । यसैक्रममा कैयौँ बालकसमेत घाइते भएका बताइएको छ । अफगानिस्तानमा सन् १०१६ को सुरुदेखि चार महिनासम्म भएका आक्रमणहरुमा ६०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ हजार ३४० घाइते भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

###
0 comments
Write Down Your Responses