बेलायत ईयुबाट छुटि्टने निर्णयको असर सुन बजारमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार १०, २०७३- सुनको भाउ तोलामै ३ हजार रुपैयाँले बढेको छ । युरोपेली युनियन(ईयु) बाट बेलायत छुटि्टने निर्णयसँगै त्यसको असर सुन बजारमा परेको हो । शुक्रबार भएको मुल्य वृद्धि ऐतिहासिक हो । यसअघि  एकैदिन १९ सय रुपैयासम्म वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

'एकै दिनमा ३ हजारले वृद्धि ऐतिहासिक हो,' सघका पूर्ब अध्यक्ष तेजरत्न शाक्यले भने, 'शुक्रबार वृद्धि भएको मुल्यले नयाँ रेकर्ड राखेको छ ।'

महासंघका अनुसार शुक्रबार प्रतितोला छापावाला सुन ५९ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्र्तराष्ट्रिय बजारमा पनि प्रति औस सुन ७३  अमेरिकी डलरले बढेको छ । शाक्यका अनुुसार ईयुबाट बाहिरिने निर्णय लगत्तै अन्र्तराष्ट्रिय बजारमा सेयर भाउ घटेको छ । पाउण्ड पनि कमजोर भएको छ ।

'सेयर मार्केटसँगै पाउण्ड कमजोर हुँदा लगानीकर्ताहरु पैसा सुरक्षित गर्न सुनतर्फ लगानी बढाएका छन,' पूर्व अध्यक्ष शाक्यले भने, 'जसले गर्दा सुनको भाउ बढेको हो ।' अन्तर्राष्ट्रिय बजारमा मुल्य अस्थितरता देखाएको छ ।  अमेरिकी बजार खुल्ला भइनसकेकाले थप अन्यौलता छाएको जानकारहरु बताउछन ।

'अन्र्तराष्ट्रिय बजारमा मुल्य घटबढ भइरहेको छ,' उनले भने, 'अमेरिकी बजार खुल्ला भएपछि भाउ घट्ने/बढ्ने थप निर्धारण गर्छ ।'

यस्तै, चाँदीको भाउ ३० रुपैयाँले  बढेको छ । महासँघका अनुसार बिहीबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार  बढेर ८ सय २० रुपैयाँ खरिदबिक्री भएको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z