साउनदेखि विदेशबाट काँचो सुन ल्याउन नपाइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विदेशबाटआउने नेपालीहरुले साउन महिनादेखि काँचो सुन ल्याउन नपाउने भएका छन्। हालको व्यवस्थालाई व्यवसायीहरुले दुरुपयोग गरेपछि भन्सार विभागले साउनदेखि लागू हुनेगरी कडा व्यवस्था गरेको हो।

त्यस्तै साउनदेखि ५० ग्रामभन्दा बढी सुनका गहना आफ्नो साथमा ल्याएमा जफत हुने भएको छ।   ६ महिनाभन्दा बढी समयसम्म विदेशमा काम गरी स्वदेश फर्केका नेपालीले भन्सार महसूल बुझाई साथमा ५ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था हालसम्म रहेकोमा साउनदेखि नयाँ व्यवस्था लागू गरिने भएको हो।

विभागले एक सूचना जारी गर्दै ५० ग्राम तौलभन्दा बढी सुनका गहना अब साथमा ल्याएमा जफत हुने जनाएको छ।

हाल ६ महिनाभन्दा कम अवधि विदेशमा बसेर आउने नेपाली नागरिकले समेत थप ५० प्रतिशत भन्सार शुल्क तिरेर ४ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था छ।  उनीहरुले पनि अब ५० ग्रामभन्दा बढी सुनका गहना साथमा ल्याउन पाउँदैनन्।

५० ग्रामसम्म ल्याउने सुनका गरगहनामा भन्सार शुल्क नलाग्ने व्यवस्थालाई भने यथावत राखिएको छ। यद्यपी काँचो सुन भने कत्ति पनि ल्याउन पाइने छैन।  ६ महिनाभन्दा बढी समयसम्म विदेशमा बस्ने नेपालीको हकमा भने हाल भन्सार शुल्क बुझाएर ५ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था रहेको छ।

विदेसिएका कसैले पनि साउनदेखि ५० ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुने भन्सार विभागले जनाएको छ।

त्यस्तै साउनदेखि चाँदीका गहना तथा भाँडा पनि ५ सय ग्रामभन्दा बढीको ल्याएमा जफत हुने भएको छ। हालसम्म भन्सार महसूल बुझाएर १ किलोग्राम चाँदीका गहना तथा भाँडा ल्याउन पाउने व्यवस्था रहेको छ।

भन्सार शुल्क बुझाएर ५ सय ग्रामसम्म सुन र १ केजीसम्म चाँदी ल्याउन पाउने व्यवस्थालाई व्यवसायीहरुले दुरुपयोग गरेपछि विभागले यसमा कडाई गरेको हो।

व्यवसायीहरुले खाडी मुलुकबाट स्वदेश फर्कने नेपालीहरुलाई सुन भरियाका रुपमा प्रयोग गर्दै यो व्यवस्थाको चरम दुरुपयोग गर्दै आएका थिए। जसले गर्दा बैंकहरुको सुन नबिकेर थन्किएको अवस्था छ भने बैंकबाट सुनको माग हुन छाडेको छ। माग हुन छाडेपछि बैंकहरुले सुन आयात घटाएका छन्।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z