आइतबारबाट निशुल्क सिलिण्डर साट्न पाइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कुन कम्पनीको सिलिण्डर कहाँबाट साट्ने ?
नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा साउन २ गते आइतबारदेखि ८ गतेसम्म नाकाबन्दीको समयमा खरिद भएको जुनसुकै कम्पनीको सिलिण्डर निशुल्क साट्न पाउने व्यवस्था मिलाएको छ।

संघका अध्यक्ष शिव घिमिरेले नाकाबन्दीका बेला उपत्यका बाहिरका ग्यास सिलिण्डर पनि उपभोक्ताले उपत्यकामा भित्रिएका हुँदा आफूहरुले उपभोक्ताको सहजताका लागि यस्तो व्यवस्था मिलाइएको बताए। उद्योग संघले आइतबारदेखि आ–आफ्ना उद्योग तथा गोदामहरुबाट ग्यास सिलिन्डर साट्ने व्यवस्था मिलाएको हो। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि सिलिण्डर साट्दा  कम्पनीलाई कुनै अतिरिक्त शूल्क तिर्नु नपर्ने उनले बताए।

नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा छिरेका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन्। यस्तो अवस्थालाई मध्यनजर राख्दै आफूहरुले उपभोक्तामा थप मार नपरोस भन्दै यो निर्णय गरेको उनले बताए।

बिक्रेताहरुले सिलिण्डर साट्दा प्रतिसिलिण्डर २ सय देखि ३ सय रुपैयाँसम्म लिने गरेको गुनासो बढे पछि आफूहरुले निशुल्क साटिदिने निर्णय गरेको घिमिरेले सेतोपाटीसँग बताए।

कुन कम्पनीका सिलिण्डर कहाँबाट साट्ने त?
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z