साउदीबाट देउवा र प्रचण्डलाई खुल्लापत्र- होसियार ! अब जनताले छाड्ने छैनन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सर्बप्रथम भन्न चाहन्छु बिगत लामो समयदेखि म साउदी अरबमा कार्यरत छु । घर अर्घाखाँची जिल्लाको खन गाबिसमा भएर हाल साउदीको सागा कम्पनीमा मार्केटिंग म्यानेजरमा सन् २००१ मे १६ तारिकको दिनदेखि कार्यरत छु । त्यही दिनदेखि म साउदी प्रबेश गरेको थिए । यहाँ लाखौ लाख युवाहरु ५० डिग्री तापक्रम सहेर काम गरिरहेका छन । कति त् माथिबाट चरा लडे झैँ लड्छन भने कति सुतेको सुत्यै हुन्छन किन कि दिनभरिको चर्को घाममा डिउटी गर्ने बेलुका आएर एसी मुनि सुत्छन् । अनि सुतेको सुत्यै हुन्छन् ।

म आफै नेपाल जाने समयमा हर्षित हुन्छु अब त् नेपाल आमाको काखमा आइयो । अब यो मरभुमीमा फर्कने छैन् भनेर भनिन्छ । खुसीका साथ १–२ महिना बसिन्छ । अनि भएको पैसा सकिदै जान्छ । अब त् केहि गर्नुपर्छ भन्ने सोच बनाइन्छ राजनीतिक दलको बन्द हड्ताल चन्दा आतंकदेखि वाक्क भइन्छ । अनि अब कुनै बिकल्प छैन भनेर फेरी उही ५० डिक्रीको तापक्रममा आइन्छ । यो सपना सरह लाग्छ दुई बर्ष यो ठाउँमा काम गरिन्छ । १–२ महिनामा फेरि यही आउनुपर्छ ।
हे राजनीतिक दल हो अब राम्रोसंग गर्ने भए गर होइन भने जनताले माफ गर्ने छैनन् । हामी जस्तो युवाको खाडीमा खुन पैसामा साटेको छ । तिमीहरु यही रेमिट्यान्सबाट आफ्नो राजनीतिको फोहोरी खेल खेल्दै छौं । होसियार ! अब आम जनताले छोड्ने छैन् ।
हामीलाई आफ्नो बाल बच्चालाई राम्रो शिक्षादिक्षा, राम्रो मानिस बनाउने सोच बनाइन्छ । संघर्ष गर्दै गइन्छ । हामी आफ्नो देशको राजनीतिसंग वाक्क भइन्छ अहिलेको सरकारले त् अब केहि गर्न दिन्छ भन्ने सोचाईका साथ सरकारका राम्रा योजना देखिन्छ । अब त् हाम्रो देशको मुहार फेरिन्छ जस्तो लाग्छ । अर्को दिन त् सरकार गिर्दैछ रे भने समाचार सुनिन्छ ।
जस्तै, अहिले केपी ओलीले केहि न गरे नि आम नेपालीलाई सपना देखाएका थिए । अब त् देशले मुहार फेर्ने भयो भनेर आम नेपाली हर्षित थिए, केहि गर्छ भनेर देश विदेशका नेपाली खुसी थिए । तर, हाम्रो सपनामा नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेसले पानी फेरदियो ।
Giriraj-khanal१७ हजार जनताले बलिदान दिएपछि दुई दुई पटक सरकारको नतेृत्व गरेको माओबादी आफ्नो पालामा केहि गर्न सकेन । जनतालाई निराश बनायो । जनताले ठूलो आश गरेका थिए निराश पारे । केहि गर्न सकेन । पहिलो पार्टीबाट तेस्रो पार्टी भयो । आगामी निर्बाचनमा जनताले कति नम्बरमा पुगाउँछ भन्ने भबिस्यले बताउने छ ।
अझै पनि जनतालाइ झिनो आशा छ प्रचण्ड आफूले त् राम्रो काम गरेनौ गरेनौ अरुले गरेको कामलाई सहयोग गर । फेरि चुनाब आउँदै छ, अब नेपाली कांग्रेसको त् कुरै नगरौ किन कि न कहिले सत्ता छाड्छ न देशमा अरुले राम्रो काम गरेको देख्नसक्छ ।
शेरबहादुर नाम त् राम्रो छ काम कहिले राम्रो भएन । अरु पार्टीले गरेको पनी देक्न सक्दैन् ।
हे राजनीतिक दल हो अब राम्रोसंग गर्ने भए गर होइन भने जनताले माफ गर्ने छैनन् । हामी जस्तो युवाको खाडीमा खुन पैसामा साटेको छ । तिमीहरु यही रेमिट्यान्सबाट आफ्नो राजनीतिको फोहोरी खेल खेल्दै छौं । होसियार ! अब आम जनताले छोड्ने छैन् ।
साउदी अरब ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z