दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल राजपत्रमा प्रकाशन हुँदै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ- झन्डै अढाई दसकदेखि निर्माणको चर्चामा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने क्षेत्रफल यसै वर्ष सरकारले राजपत्रमा प्रकाशन गर्ने भएको छ । बाराको निजगढमा ‘ट्रान्जिट, फ्युलिङ र पार्किङ हवका’ रुपमा निर्माण गरिने उक्त विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न सरकारले रु ५० करोड विनियोजन गरिसकेको छ ।
नेपाल सुरक्षित एवम् लगानीको प्रतिफल सुनिश्चित गर्ने मुलुकका रुपमा परिवर्तन भइसकेको सन्देश विश्वसमुदायसमक्ष प्रभाव गर्न सरकार, नेपाल उद्योग परिसङ्घ र नेपालको विकासका बहुपक्षीय एवम् द्विपक्षीय साझेदारहरुको सहयोगमा मङ्गलबारदेखि राजधानीमा जारी पूर्वाधार सम्मेलनमा सरकारले बितेका दुई महिनामा नागरिक उड्डयनको क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गरेको स्पष्ट गरेको छ ।
‘पूर्वाधारमा लगानी वृद्धि’ नाराका साथ सुरु भएको सम्मेलनको दोस्रो दिन आज भएको ‘हवाई यातायात पूर्वाधारमा निजी क्षेत्रको लगानी’ विषयक छलफलमा सरकारले लुम्बिनीमा गौतमबुद्ध विमानस्थल र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति गरेको निर्णयले लगानीकर्तालाई उत्साहित पारेको जनाएको छ ।
संसारका विभिन्न देशमा विमानस्थल निर्माणको लामो अनुभव सङ्गालेका फिलिपिन्स, टर्की र स्पेनका निर्माण तथा लगानीकर्ता कम्पनीका प्रतिनिधि र पर्यटन व्यवसायमा संलग्न स्वदेशी तथा विदेशी उद्यमीमाझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले विमानस्थललगायत नेपालको पूर्वाधार निर्माणका क्षेत्रमा उपयुक्त वातावरण बनेकाले ढुक्क भएर लगानी आह्वान गर्नुभयो ।
“दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रियस्तरको हुनेछ, जसले नेपालको नागरिक उड्डयन क्षेत्रको प्रतिष्ठा बढाउनुका साथै मुलुकको मुहार उज्यालो पार्नेछ”–उहाँले भन्नुभयो । वार्षिक १५ लाख यात्री व्यवस्थापन गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमान र यात्रीको बढ्दो चापसँगै सँघुरो हुँदै गएको छ । दैनिक १८ घन्टा सञ्चालन भइरहेको उक्त विमानस्थलबाट चाँडै चिनियाँ र नेपालीको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एयरलाइन्सले सेवा प्रारम्भ गर्दैछ ।

###
0 comments
Write Down Your Responses