फेसबुक अब पाँच वर्षमा हुनेछ भिडियो साइट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जुकरवर्गले खोले सधैँ खैरो रङको टिसर्ट लगाउनुको राज
फेसबुकका सिइओ मार्क जुकरवर्गका अनुसार अब आउँदो पाँच वर्षमा फेसबुकका धेरैजसो भागहरु भिडियो साइटमा परिवर्तन हुनेछ ।   क्यालिफोर्नियाको सामुदायिक टाउन हलमा गत बिहिबार मानिसहरुलाई सम्बोधन गर्दै जुकरवर्गले भने, ‘आउँदो पाँच वर्षमा फेसबुकका धेरैजसो हिस्सा भिडियो साइटमा परिवर्तन हुनेछ ।’  

फेसबुकले मेसेन्जर किन लञ्च गर्यो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने ‘मेसेन्जरले आफ्ना साथीहरुबाट तुरुन्त प्रतिक्रिया पाउनमा निकै सहयोग गर्ने भएका कारण यसलाई डाउनलोड गर्न सुझाव दिएका हौँ ।’   फेसबुकप्रति मानिसहरुको आकर्षण साँच्चै कम हुन थालेको हो त भन्ने प्रश्नमा जुकरवर्गले आफूले फेसबुक मानिसहरुलाई आकर्षित गर्न नबनाएको भन्दै मानिसहरुको सहयोगी माध्यम बनाउन चाहेको बताए ।   हरेक दिन एउटै सर्ट किन लगाउँछन् भन्ने प्रश्नको उनले हाँस्दै जवाफ दिए, ‘मसँग यस्तै खालको थुप्रै सर्टहरु छन् । म हरेक दिन खैरो रङको टीसर्ट यसकारण लगाउँछु किनभने यसले मलाई बताउँछ कि हामी हाम्रो समाजप्रति आफ्नो कर्तव्यको विषयमा के सोच्छौँ ।

यदि म आफ्नो जीवनमा के लगाउने कस्तो लगाउने भन्ने विषयमा सोचेर आफ्नो समय बर्बाद पार्छु भने मैले फेसबुकमा नयाँ नयाँ प्रविधिको विकास कहिले गर्ने ?’ (एजेन्सी)
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z