३८ अर्वको लगानीमा कहाँ कहाँ बन्दैछन पाँचतारे होटल ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ–पर्यटन क्षेत्रमा सुधारसँगै आन्तरिक र विदेशी पर्यटकको संख्या बढ्न थालेपछि नेपाली लगानीकर्ता धमाधम पाँच तारे होटलतिर लगानी गर्न थालेका छन् । पर्यटनकर्मी, औध्योगिक घराना र गैआवसीय नेपालीलगायतले पाँच तारे होटलमा धमाधम लगानी गर्न थालेका हुन् ।
पाँचतारे होटलमा मात्रै ३८ अर्बभन्दा बढी रुपैयाँको लगानी योजना सार्वजनिक भएको छ। होटल एशोसिएसन अफ नेपालका महासचिव विनायक शाहका अनुसार, नेपालमा अबको केही वर्षमा राजनीतिक अस्थिरताको अन्त्य हुने र पर्यटन क्षेत्रमा सम्भावना भएकोले होटलमा लगानी बढेको हो ।
ुनेपालमा पर्यटनको सम्भावना धेरै छ । यसमा लगानी गर्यो भने फलिफाप हुन्छ । डुब्दैन भन्ने सबैले बुझेका छन् । त्यसैले होटलमा लगानी बढिरहेको छ,उनले भने ।
कहाँ कहाँ पाँचतारे
उपत्यकामा निर्माणको तयारीमा रहेका यस्ता पाँचातारे होटलमा गैरआवसीय नेपाली संघ (एनआएन)का अध्यक्ष शेष घले, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, छायाँदेवी सेन्टर, सुमार्गी ग्रुप, एमएस ग्रुप, सिल्भर हेरिटेज र नेपाल नागरिक उड्डयन प्राधिकरणले काठामडौंमा होटल बनाउने घोषणा गरेका छन्।
गैरआवसीय नेपाली संघको संयुक्त लगानीमा र मोतिलाल दुगढ अध्यक्ष रहेको द सेञ्चुरीयन ग्रुप र सिल्भर हेरिटेजले पनि उपत्यका बाहिर पाँचतारे होटल निर्माण तयारी गरिरहेका छन्।
नेपालमा अहिले १० वटा पाँचतारे, दुईवटा चारतारे, २२ वटा तीनतारेसहित दुईतारे, एकतारे, रिसोर्ट, टुरिस्ट क्लास, ताराविहीन गरी १२ सय होटल सञ्चालनमा छन् । यि होटलमा करिब ४० हजार बेड छन् ।

###
0 comments
Write Down Your Responses