निगमको बोइङ ‘ग्राउन्डेड'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड' भएको छ। निगमको बोइङ ७५७ ९एन–एसिबी जहाजमा प्राविधिक समस्या आएपछि ग्राउन्डेड भएको हो। जहाजको ‘हाइड्रोलिक पाइप' मा खराबी आएको सम्बद्ध एक अधिकारीले जानकारी दिए।

‘एसिबी जहाजमा प्राविधिक समस्या आएका कारण गत शनिबारदेखि उडान गर्न सकेको छैन,' निगमका ती अधिकारीले बुधबार नागरिकन्युजसँग भने, ‘हाम्रा इन्जिनियरहरूले जहाज मर्मत प्रयास गरे पनि नसकेपछि विदेशबाटै सामान मगाउनुपर्‍यो।'
उनका अनुसार अन्तर्राष्ट्रिय उडान गरिरहेका दुईमध्ये एउटा ग्राउन्डेड भएपछि अर्को बोइङ ७५७ ९एन–एसिएलाई मात्र उडानमा प्रयोग गरिएको छ। दुई जहाजबाट सातामा १६ वटासम्म उडान भइरहेकोमा अहिले पनि लगभग त्यति नै उडान गरिएको छ।
‘एउटा जहाजबाट डिले सेड्युलमा उडान गरिरहेका छौं,' उनले भने, ‘तै पनि साताको १६ सम्म उडान गर्ने गरी तालिका बनाएका छौं, तर यो साह्रै गाह्रो काम हो।'
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z