श्रीमतीलाई घाइते बनाई श्रीमानद्धारा आत्महत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर:  खोटाङको दिप्लुङ गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज
झुन्डिएर आत्महत्या गरेका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दिप्लुङ–२ बस्ने ४८ वर्षीय अमरबहादुर राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

पतिपत्नीबीच वादविवाद हुँदा आइतबार बेलुकी उनले पत्नीलाई टाउकामा हथौडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।  घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । रासस
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z