अख्तियारका प्रमुख कार्कीको पहलमा भएको कालोपत्रे एक हप्तामै उप्कियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गोरखा, कात्तिक ३० - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पहलमा भएको सडकको कालोपत्रे एक हप्तामै उप्किन थालेको छ ।
कार्कीले वजेट विनियोजन गर्न निर्देशन दिएपछि गोरखाको गोरखकाली मन्दिरसम्मको मोटरबाटो कालोपत्रे गरिएको थियो । गत वर्षको दशैंको अष्टमीका दिन मन्दिर दर्शनका लागि आएका कार्कीले जिल्लास्थित सरकारी अधिकारीहरुसँगको भेटमा सडक कालोपत्रे गर्न पहल गर्ने बताउनु भएको थियो ।
सडक कालोपत्रे गर्ने कुनै कार्यक्रम नभएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव स्तरीय बैठकबाट वजेट विनियोजनको निर्णय गरि कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको थियो । तर कालोपत्रे गरिएको गैरीकुवा–गोरखा दरवार सडकखण्डको केही ठाउँको कालोपत्रे एकहप्ता नहुँदै उप्किन थालेको छ ।
अख्तियार प्रमुखको निर्देशनमा गरिएको कालोपत्रेसमेत गुणस्तरहिन भएको र एक हप्तामै उप्किन थालेपछि स्थानीयबासिन्दाले आलोचना गर्न थालेका छन् । सडक कालोपत्रे गर्दा हेलचेक्राई भएको उनीहरुको दावी छ । गोरखाको वल्र्डवाइड अधिकारी कन्स्ट्रक्सनले यो सडक कालोपत्रे गरेको हो ।
हप्तादिनमै कालोपत्रे उप्किन थालेपछि ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएको सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले बताउनुभएको छ । फेरि कालोपत्रे नगरेसम्म भुक्तानी नदिइने उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षभित्रै काम सक्ने गरि सदरमुकामबाट मन्दिरसम्मको झण्डै २ किलोमिटर सडक कालोपत्रे गरिएको हो । देश र विदेशमा समेत चर्चित धार्मिक स्थल गोरखकाली मन्दिरसँगै गोरखनाथ गुफासम्म पुग्ने भक्तजन अहिले कच्ची सडकमा कष्टपूर्ण यात्रा गर्न वाध्य भएका छन् । कच्ची सडकमा चल्न नसक्ने भएकाले मन्दिर दर्शनमा आएकाहरुले साना सवारी साधन सदरमुकाममै छोड्ने गरेका छन् ।

###
0 comments
Write Down Your Responses