त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्दै गौतमबुद्ध विमानस्थल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : भैरहवाको गौतमबुद्ध विमानस्थल स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बन्ने भएपछि काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुने भएको छ।
'क्षताभन्दा बढी यात्रु हुन थालेको र ९० प्रतिशतसम्मको आन्तरिक उडानको चापका कारण अन्तर्राष्ट्रिय उडानमा असर परेको त्रिभुवन विमानस्थलको वैकल्पिक व्यवस्था भैरहवामा हुन्छ,' नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको गौतम बुद्ध स्तरोन्नति आयोजनाका निर्देशक मुरारी भण्डारीले बताए।
यो विमानस्थल निर्माण गर्न बिहीबार प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनसँग सम्झौता गरेको पनि उनले जानकारी दिए। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण हुने यो विमानस्थल तीन वर्ष अर्थात् आगामी सन् २०१७ को डिसेम्बरपछि सञ्चालनमा आउने भएको छ।
दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत अगाडि बढाइएको यो विमानस्थलको भौतिक पूर्वाधारको सम्पूर्ण काम नर्थवेस्टले गर्ने गरी सम्झौता भएको पनि भण्डरीले बताए। यो विमानस्थल नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा निर्माण गर्ने भएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण हुने भैरहवा विमानस्थल आगामी सन २०१७ को डिसेम्बरपछि सञ्चालनमा आउनेछ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढेको यात्रुचापलाई कम गर्न, जहाजको मुभमेन्ट बढेको कारण होल्ड गर्नुपर्ने समस्या तथा खाडीमुलुकबाट आउने जहाजको लागत नै कम गर्न पनि गौतमबुद्ध विमानस्थल उपयोगी हुने भण्डारीले जानकारी दिएका छन्।
उनका अनुसार त्रिभुवन विमानस्थल सरहकै क्षमतामा बन्ने गौतमबुद्ध विमानस्थललाई काठमाडौंको तुलनामा बढी लाभदायी र प्रभावकारी बनाउन सकिन्छ। त्रिभुवन विमानस्थलमा अहिले दुई हजार आठ सय मिटरको भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छ।
हवाई उड्डयनमा विकसित नयाँ प्रविधि रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपी-एआर) मा अवतरण गराउँदा एक हजार एक सय मिटरको भिजिबिलिटी काठमाडौंको विमानस्थललाई चाहिन्छ तर भैरहवामा इस्ट्रुमेन्टल ल्यान्डिङ सिस्टमका कारण पाँच सय मिटरको भिजिबिलिटीमै जहाज अवतरण गर्न सक्ने प्रविधि हुने भण्डारीले बताए।
भैरहवा विमानस्थलमा विदेशी मुलुकबाट लुम्बिनी आउने पर्यटक सीधै आउन सक्ने, पोखरा जाने यात्रु पनि यही विमानस्थलको प्रयोग गर्न सक्ने, नेपालको पूर्वपश्चिम जाने यात्रु यो विमानस्थललाई दृष्टिगत गरेर क्रस बोर्डरबाट आउने जहाजको सहजता तथा काठमाडौंमा विदेशी वायुसेवाले लामो समय होल्ड गर्नु नपर्नेसहितको उद्देश्यले भैरहवा विमानस्थलको प्रयोग बढ्ने प्राधिकरणको भनाइ छ।
भैरहवामा हुने आन्तरिक विमानस्थल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहकै हुन्छ। जसका कारण यहाँ अवतरण गर्ने जुनसुकै वायुसेवाका अन्तर्राष्ट्रिय यात्रु आन्तरिक वायुसेवाको प्रयोग गरेर तुरुन्त काठमाडौंसमेत आउन सक्छन्।
भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा आन्तरिक वायुसेवा सञ्चालन भइरहेको छ। यसलाई यथावत् राखेर नर्थवेस्टले अर्को तीन हजार मिटरको नयाँ धावनमार्ग बनाउनेछ। तीन वर्षपछि आन्तरिक उडामा प्रयोग भएको अहिलेको धावनमार्ग ट्याक्सी वेमा परिणत हुने भएकोले पनि जहाज उडान तथा अवतरणमा कुनै अवरोध नहुने प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले यो विमानस्थल स्तारोन्नति गर्न करिब नौ अर्ब लाग्ने अनुमान गरेको छ। करिब सवा ६ अर्ब रुपैयाँको काम नर्थवेस्टले गर्ने र बाँकी काम दोस्रो चरणको ग्लोबल टेन्डरबाट छनोट हुने कम्पनीले इक्युपमेन्ट जडानको काम गर्ने भण्डारीले जानकारी दिए। दोस्रो चरणको कामको ठेक्का एक वर्षपछि सिभिल मर्मको प्रगति विवरणका आधारमा हुने प्राधिकरणको भनाइ छ।

###
0 comments
Write Down Your Responses