आइजिपीविरुद्द फेसबुकमा लेख्दा डिएसपी निलम्बित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं,पुस १४ – सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ । फेसबुक प्रयोगमै सतर्कता नअपनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन् । आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा सशस्त्रका डिएसपी नानीराम हुमागाईंलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको हो । फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses