विन्दास बोका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दोलखा, पुस १० - दिनहुँ सयौं बोकाहरु काटिन्छन् तर यि यस्ता बोका हुन् जसलाई काल गतिले बाहेक अन्य कारणले मृत्युको मुखमा पुग्नु पर्दैन । खोरमा थुनिएर बस्नु पनि पर्दैन् । इच्छा लागेको ठाउँमा जान्छ, केही भेटे जवरजस्ती भएपनि खान्छ ।
जतिसुकै बदमासी गरिहाले पनि मानिसहरुले श्रद्धापूर्वक धपाउँछन एक सिर्कानो हिर्काउने हिम्मत गर्दैनन् । भक्तजनले दोलखा बजारस्थित भीमेश्वरमा धर्मका लागि छाडिएका केही बोकाहरु छन जसले यस्तो विन्दास दैनिकी गुजाद्रै छन् ।
बाषिर्क करिब ५० को हाराहारीमा भीमेश्वरमा बोकाहरु छाडिन्छन् । अधिकाशं भीमेश्वर मन्दिर वरपर चहर्दै जीवनयापन गर्छन् । केही त गाउँ र सहर चहार्दै हिड्छन्, पर्यटक जस्तै । विगत तीन बर्षदेखि एउटा कालो बोका भने चरिकोटमा यस्तै ऐसको दैनिकी गुजार्दै गरेको देख्न सकिन्छ । जति बोको हस्टपुष्ट हुन्छ, त्यति नै काटिनका लागि तयार हुनुपर्ने नियतिलाई त्यसले चुनौति दिएको छ ।
मौका पाए कसैको घरको ओछ्यान र सोफासेटमा आरम गर्दिन्छ । बजारमा बेच्न राखेको हरियोपरियो र फलफुल अन्नमाथि विना त्रास हमला गर्दिन्छ । कतिपयले त धर्म हुन्छ भन्दै फलफुल र दानाहरु खुवाइदिन्छन् । उपद्रप र छिप्पिदै गएको उक्त बोकाबाट निस्कने अनौठो गन्धबाटछुटकारा पाउन मानिसहरुले पानी छ्यापेर लखेटिरहेका हुन्छन, अरु केही सजाय दिदैनन् ।
खोरहरु चाहर्दै 'विऊको बोका' को काम पनि त्यसले निशुल्क गरिदिन्छ । त्यसैले गाउँघरतिर त्यो पशु आएपछि प्रेमपूर्वक गोठतर्फ आकषिर्त गर्नेहरु पनि भेटिन्छन् ।
भगवानको प्रसादको रुपमा छाडिएका बोकाहरुले साँढेको उपाधी पाएका हुन्छन् । भीमेश्वरका गुठियार डम्बरबहादुर श्रेष्ठका अनुसार करिब २०४० सालपछिबाट पशु मारेर मासु खान नरुचाउने भक्तजनहरुले मनोकांक्षा पूराहोस भनी भाकल गरी बोका, भाले र हाँसलाई कुनै चिन्ह लगाई छाड्न थालिएको हो ।
यसरी नै छाडिएकोमध्ये त्यो बोकालाई पनि स्थापित हुनु मृत्युको समुन्ने दुई पटक खडा हुनुपर्यो । केही अघि चोरहरुले समातेर मासुको लागि बेच्ने लादालादै प्रहरीले पक्राउ गरेपछि बोकाको ज्यान जोगियो ।
बढ्दै गएको साँढेहरुले मन्दिरको वरपर फोहर बढ्दै गएपछि प्रतिमामा संकल्प गरी नगद नै भगवानलाई समर्पण गर्ने व्यवस्था गरिए पनि सफल नभएको भीमेश्वर मन्दिर व्यवस्थापन समिति बताउँछ । छाडिएकामध्ये कतिपयको दैनिकी मस्त देखिए पनि धेरैजसोको भने विभिन्न कारणले मृत्यु हुने उनले बताए ।

###
0 comments
Write Down Your Responses