‘सुख्खाग्रस्त’ घोषित गाविसमा तमोर नदीको पानी ल्याइने -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाँचथर, मंसिर २१ । पाँचथरका यासोक, रानीगाउँ र स्याब्रुम्बा गाउँ विकास समितिमा ‘पम्पिङ’ प्रणालीमार्फत तमोर नदीको पानी ल्याइने भएको छ । ‘सुख्खाग्रस्त’ घोषणा गरिएका यी गाउँहरुमा खानेपानी सुविधा पुर्याउन लागिएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पाँचथरले जनाएको छ ।
सम्भाब्यता अध्ययन सकेर अहिले अन्तिम सर्वे भइरहेको कार्यालय प्रमुख निराजन खनालले जानकारी दिए । करिव ५० करोड रुपैयाँ लाग्ने योजना सम्पन्न गर्न माघ मसान्तसम्ममा टेन्डर प्रक्रिया गरिनेछ ।
यो योजना सम्पन्न भएपछि खानेपानीको अभावमा बसाइँ सर्ने प्रचलन रहेका ती गाउँहरुबाट अब बसाइँसराइँ रोकिने विश्वास गरिएको छ । अहिले दुई घन्टाको पैदल दूरी हिडेर स्थानीयले पानी ल्याउने गरेका छन् ।

###
0 comments
Write Down Your Responses