नाइटबस भीरबाट कर्णालीमा खस्यो, यात्रु र बस फेला परेनन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुर्खेत : सुर्खेतको पोखरीकाँडा गाविस कल्याणकाँधस्थित भीरबाट खसेर यात्रुबाहक बस दुर्घटनामा परेको छ । सुर्खेत प्रहरीका अनुसार कालिकोटबाट टिकापुर लागि छुटेको ना ४ ख ६८५७ नम्बरको यात्रुबाहक बस साँझ साढे ६ बजेतिर भीरबाट खसेको थियो ।
केही घाइते सम्पर्कमा आए पनि दुर्घटनामा परेको गाडी र यात्रु अझै नभेटिएको प्रहरीले जनाएको छ। उद्धारका लागि सुर्खेत जिल्ला प्रहरी कार्यलयबाट नायव उपरीक्षक राजिव बस्नेतको नेतृत्वमा सुरक्षाकर्मीको टोली खटिएको छ। भीरको तल कर्णाली नदी भएकोले बस नदीमा डुबेको हुनसक्ने आशंका गरिएको छ। बसमा कति यात्रु थिए भन्ने पनि खुलेको छैन । प्रहरी टोली अझै दुर्घटनास्थलमा पुग्न सकेको छैन ।

###
0 comments
Write Down Your Responses