एक मन अलैँचीको एक लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाँचथर:  गत वर्षको तुलनामा यस वर्ष अलैँचीले राम्रो भाउ पाएपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष झन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ ।

गत वर्ष रु ८० हजारसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन (४० केजी ) एक लाखका दरले बिक्री भइरहेको नेपाल अलैँची व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले जानकारी दिए ।

अलैँचीको मूल्य यस पटक सबैभन्दा धेरै आकाशिएको छ । उनका अनुसार अलैँचीको उत्पादन भने गत वर्षको तुलनामा यस वर्ष घटेको छ ।

गत वर्ष पाँच हजार मेट्रिकटन उत्पादन भएको अलैँची अहिले भने छिर्के फुर्के, गानो कुहिनेलगायत रोगका कारण उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z