गोली हानी ३६ कामदारको हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नाइरोबी : उत्तरपूर्वी केन्यामा मङ्लगबार बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको प्रहरी र रेडक्रस स्रोतले जानकारी दिएको छ।
मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले त्रिपाल लगाएर सुतिरहेका कामदारहरुलाई जथाभावी गोली प्रहार गरी हत्या गरेको सो स्रोतले जानकारी दिएको छ ।
सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध सेवाव र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्या सञ्चारमाध्यमले जानकारी दिएको छ।
सोमालियाली इस्लामिस्ट अतिवादी समूहले नै सो आक्रमण गरेको प्रहरीले आशङ्का व्यक्त गरेको छ।एक वरिष्ठ प्रहरी अधिकारीले यस आक्रमणमा ३६ व्यक्तिको हत्या हुनुको साथै अन्य तीन अपहरण भएका जानकारी दिएका छन् ।
सोमबार अबेर रातिदेखि मङ्गलबार बिहानसम्म नै भएको यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएको छैन । केन्यामा सन् २०११ देखि सोमालियाली आतङ्ककारी समूहलगायत सेवा समूहको पनि सहभागितामा शृङ्खलावद्ध आक्रमण हँदै आएको छ । रासस/एएफपी

###
0 comments
Write Down Your Responses