नेपाललार्इ चीनको १३ अर्ब सहयोग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दक्षिण एसियाको पुल बन्न आग्रह
काठमाडौं : चीनले नेपाललाई १३ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्ने भएको छ । होटल सोल्टीमा सम्पन्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरीय बैठकपछि सो सहमति भएको हो ।


नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेबीच शुक्रबार सम्पन्न द्दिपक्षीय वार्तामा चीनले ८० करोड युआन सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।

चीनले नेपाललाई विभिन्न ९ वटा क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार काठमाडौंमा भएको बैठकमा चीनले सो सहमित जनाएको हो ।

चीनले कृषि, लगानी, उर्जा, व्यापार, सुरक्षा तथा कानुन कार्यान्वयन, भौतिक पूर्वाधार निर्माण र मानवीय संशाधनको विकाससहितका ९ ओटा क्षेत्रमा सहयोग गर्ने सहमति गरेको हो

होटल सोल्टीमा सम्पन्न बैठकपछि गरिएको दुबै देशका मन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले जलविद्युत र कृषिसहितका ९ ओटा क्षेत्रमा सहयोग गर्न घोषणा गरे ।

नेपालमा उद्योग बढाएर देशमै रोजगारी सिर्जना गर्न चीन जलविद्युतको क्षेत्रमा लगानी गर्न तयार रहेको मन्त्री यीले बताए ।

नेपाल–चीन सम्बन्धलार्इ प्रान्तीयतहमा पनि बिस्तार गर्दै जाने बताउँदै मन्त्री वाङ यीले सन् २०१५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध ६० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरिने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री पाण्डेले नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसितबाट विकसित मुलुकमा लैजान चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । बैठकमा एसियाली भौतिक पूर्वाधार निर्माण विकास बैंकको स्थापना तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको पाण्डेको भनाइ थियो ।

नेपाल दक्षिण एसियाको पुल : मन्त्री यी

विदेशमन्त्री यीले चीनलाई दक्षिण एसियासँग जोड्न नेपाल पुल बन्न बताएका छन् । विदेशमन्त्री यीले मन्त्रिस्तरीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल, चीन र भारतबीचको सम्बन्ध घनिष्ठ रहेको उल्खे गरे
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z