यसकारण ठोक्किन्छन् विमानमा चरा एभियन राडार नहुँदा समस्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, पुस १५ - विमानस्थल वरपर चरालाई मनपर्ने आहार पाइनुका साथै खुला ठाउँ उपलब्ध भएकाले चिल प्रजाति, चुइयाँ, धिप्सी, चाँचर र महाचिल आकषिर्त हुने गरेका छन् ।
'खुला ठाउँमा कीरा, फट्यांग्रा, छेपारा, गड्यौला सहजै पाइने भएकाले एयरपोर्टमा चरा आकषिर्त हुने हुन्,' चराका विषयमा विद्यावारिधि गरेका हेमसागर बरालले कान्तिपुरसित भने, 'वरिपरि सेकुवा पसलहरू प्रशस्तै भएकाले पनि आहार खाएर र्फकने क्रममा चरा हवाईजहाजमा ठोक्किने गरेका हुन् ।'
चराविद् बरालका अनुसार काठमाडौंमा खुला ठाउँ कम हुँदै गएर आहार कम हुन थालेपछि चरा प्रजाति आहारकै खोजीमा एयरपोर्टमा झुम्मिन्छन् । 'पहिला जहाज पनि कम उड्थे, समस्या कम हुन्थ्यो, उडान बढेसँगै चरा ठोक्किने समस्या बढेको छ,' उनले भने, 'हिउँद याम भएकाले चिल र महाचिल प्रजातिका चराको बथान एयरपोर्टमा देख्न सकिन्छ ।'
उनका अनुसार घाम लागेसँगै जमिनमा चराका आहार कीरा, फट्यांग्रा, गड्यौलालगायत सल्बलाउँछ । त्यही बेला आहार टिपेर उडेका चरा जहाजसँग आकाशमा ठोक्किन पुग्छन् ।
विमानस्थल क्षेत्रको तीनकुने गैरीगाउँदेखि तिलगंगासम्मै सेकुवा पसलहरू छन् । 'सेकुवाको गन्ध मनपर्ने र हड्डीलगायत आहार सहजै पाइने भएकाले चरा बढी आकषिर्त हुने गरेको हाम्रो अध्ययनको निष्कर्ष छ,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. महेश्वर ढकालले कान्तिपुरसँग भने, 'विमानस्थलभित्रै जथाभावी फ्याँकिने खानेकुराले पनि चरा, बाँदरलगायत वन्यजन्तु आकषिर्त भएका हुन् ।'
अर्का चराविद् विमल थापा मगर सहरको भित्रीभागमा मान्छेको कोलाहल बढेसँगै आश्रयस्थलको खोजीमा चराहरू पशुपतिको जंगल हुँदै विमानस्थल छेउछाउ जानु पनि विमानसँग ठोक्किनुको अर्को कारण हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानहरूले फ्याँक्ने खानेकुराको सही व्यवस्थापन गर्न तथा विमानस्थल बाहिरका सेकुवा पसलको फोहोर व्यवस्थापन गर्न पटक-पटक बनेका विभिन्न अध्ययन समितिले विमानस्थल व्यवस्थापक र सरकारलाई सुझाव दिएको छ । तर, त्यसको कार्यान्वयन भएको छैन । 'पटक-पटक सुझाव दियौं,' बरालले भने, 'त्यो कहिल्यै कार्यान्वयन भएन ।'
विमानस्थलमा चरा, बाँदरलगायतले समस्या निम्त्याएपछि मात्रै ध्यान दिने र समस्या सल्टिएपछि चुप लाग्ने परिपाटी बदल्नुपर्ने बरालको सुझाव छ ।
एभियन राडार नहुँदा पटक-पटक जहाजमा चरा ठोक्किन्छ
अतुल मिश्र
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चरा र जहाज ठोक्किने जोखिम दोहोरिरहनुको मुख्य कारण हो- 'एभियन राडार' जडान नहुनु । एभियन राडार भएमा एसिटसीले पाइलटलाई दस किलोमिटरसम्म चरा भए/नभएको स्थितिबारे जानकारी गराउन सक्थ्यो । यसले चालकलाई खतराको आकलन गर्न सघाउँथ्यो ।
चरा र जहाज ठक्कर हुनबाट जोगाउन हालसम्म सकारात्मक पहल भएको छैन । विज्ञहरूका अनुसार ठूलो प्रभाव नपार्ने खालका चरा र जहाजबीचको ठक्कर बर्सेनि ७/८ वटा हुने गरेको छ । सन् १९९० यता चरा-जहाज ठक्करको ८५ वटा घटनाले पनि बर्सेनि ३/४ वटा घटना रेकर्डमै आएको देखिन्छ ।
एभियन राडारले आफ्नो क्षमताअनुसार विमानस्थलको निश्चित क्षेत्रभित्रको चराको गतिविधिबारे एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिन्छ । 'एभियन राडारको माध्यमले विमान र चराबीचको ठक्कर हुने घटनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ,' एयरपोर्ट अपरेसन डाइरेक्टर देवचन्द्र लाल कर्णले भने । एयरपोर्टको सतहदेखि करिब पाँच सय फिटमाथिसम्म चरा ठोक्किने घटना बढी भएका छन् ।
'अवतरणमा पाँच, तीन, दुई, एक सय फिट गरेर बिस्तारै विमान तल र्झछ तर उडान भर्दा फुत्त पाँच सय फिट माथि जाने गरेकाले चरासँगको ठक्करको अवस्थामा फरक भएको हो,' कर्णले भने । उनका अनुसार अधिकांश ठक्कर कालो चिलसँग
भएका छन् ।

###
0 comments
Write Down Your Responses