नेकपा–माओवादीका अध्यक्ष अस्पताल भर्ना
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं-नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार साँझदेखि नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका छन्।



वैद्यलाई रुघाखोकी, ज्वरो आउनुका साथै दम बढेपछि उपचारका लागि ल्याइएको वैद्यका सहयोगी अरुण उपाध्यायले जानकारी दिए।

उनको स्वास्थ्य परीक्षण भइरहेको र निमोनिया भएको आशङ्का चिकित्सकले गरेका छन्। नियमित रुपमा श्वास फेर्न नसकेपछि उनलाई अक्सिजन दिइएको छ। रासस
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z