भारतमा २२ नेपाली बेपत्ता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर १६ - भारतमा कम्तिमा २२ जना नेपाली हराइरहेका छन् । उनीहरू नोभेम्बर १४ देखि १८ सम्म सतलोक आश्रममा हरियाणा प्रहरीले गरेको अपरेसनका दौरान हराएको नेपालका पिडित परिवारहरूले बताए । सन्त रामपालले धर्मको नाममा महिला-बेचविखन लगायत विभिन्न खराब काम गरेको भन्दै प्रहरीले उनको आश्रममा छापा मारेको थियो ।
'सतलोक आश्रममा सत्सङ सुन्न नेपालबाट १० हजारभन्दाबढी मान्छे गएका थिए । हाम्रो समुदायबाट पनि गएका थिए, अन्य फर्किए तर मेरो भाई अझै सम्पर्क विहिन छ,' धनुषास्थित सखुआ महेन्द्रनगरका निर्गुणकुमार महतोले मंगलबार कान्तिपुरसँग भने,'प्रहरीले अपरेसन गरेको पहिलो दिनदेखि नै मोबाइल बन्द छ ।'
उनीसँगै आफ्ना परिवारका सदस्य हराएका परिवार आइतबार काठमाडौंस्थित बाघबजारमा भेला भएका थिए । आ-आफ्नो जिल्लामा समेत आफ्नो परिवारका सदस्यलाई सरकारलाई पहल गरेका उनीहरूले सोमबार परराष्ट्र मन्त्रालयमा गएर ज्ञापन पत्र बुझाएका थिए ।
हराउने नेपालीहरूमा इटहरीका मुकेश कार्की र लक्ष्मण बस्नेत, भक्तपुरका उमराज ढकाल, काठमाडौंका राजकुमार गिरी र जाकिर हुसैन, धनुषाका इश्वर श्रेष्ठ, रामचन्द्र यादव र सतोष शाह, बर्दियाका नदराम खैरहा, सिरहाका विजय शाह, विनोद यादव, राजेन्द्र सादा, शिवचरण यादव र उपेन्द्र प्रसाद सिंह, मोरङका योगेन्द्र चन्द तथा रौतहटका उमेश महत्तो र दिनेश महत्तो छन् । पीडितहरूले नेपाल सरकार समक्ष आफ्ना परिवारका सदस्यहरूलाई खोज्नका लागि छिटो पहल गर्न पनि आग्रह गरेका छन् ।

###
0 comments
Write Down Your Responses