इजरायलमा 'केयर गिभर' कामदार छिट्टै पठाइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मंसिर १६ - सरकारले इजरायलमा घरेलु कामदारको रुपमा नेपाली 'केयर गिभर' पठाउने प्रकृया दु्रत गतिमा अगाडी बढाएको छ । बैदेशिक रोजगार विभागको अधिकारीका अनुसार यसबारे दुई देशका सरकारी अधिकारीहरुबीच अन्तिम चरणको छलफल छिट्टै हुने भएको छ । दुई देशबीच यसअघि प्रथम चरणमा छलफल भैसकेको थियो ।
इजरायल जाने नेपाली कामदारको सेवा, सुबिधा, स्वस्थ्य, बिमा, काम गर्ने समयजस्ता बिषयमा दुई पक्षबिच छलफल भइरहेको ती अधिकारीले जनाए । इजरायलमा काम गर्दा नेपाली कामदारले पाउने सेवा सुबिधाबारे नेपाली पक्षले राखेको प्रस्तावबारे इजरायली सरकारको धारणा आइसके पनि केहि बुंदाहरु थप्नुपर्ने बुंदाहरु भएकाले नेपाली पक्षले सुधारेर पठाईसकेको र पठाएको प्रस्तावको जवाफ आउने बितिकै एमओयु हुने बैदेशिक रोजगार विभागका महानिर्देशक विश्व नाथ ढकालले बताए ।
नेपाली पक्षले कामदारको पारिश्रमिक,कार्य दक्षता,अवधि, जानुअघि लिईने तालिम, अतिरिक्त कामको मूल्य, कामदारको मृत्यु भएमा शव फिर्ता पठाउँदा लाने खर्च रोजगारदाताले व्यहोर्ने जस्ता बिषयहरु संशोधन सहित इजरायली सरकार समक्ष पठाएको छ । निर्देशक ढकालका अनुसार बृद्धबृद्धाको हेरचाहर गर्नुपर्ने भएकाले इजरायलले स्वस्थ्य क्षेत्रमा ज्ञान हासिल गरेका दक्ष कामदारको माग गरेको छ । त्यस्ता कामदारले महिनामा न्यूनत्तम तलब करिब ८० हजार रुपैयां पाउनेछन् ।
इजरायलमा कृष िमन्त्रालयसंग भएको सम्झौता अनुसार हाल पनि कृष िक्षेत्रमा केहि प्रशिक्षार्थीको रुपमा नेपाली कामदार जाने गरेका छन् । इजरायल नेपाली महिला कामदारका लागि आकर्षक गन्तव्य हो । केयर गिभरमा बिशेष गरेर महिलाहरु जाने गरेका छन् । यसअघि निजि क्षेत्रबाट इजरायल नेपाली कामदार पठाउने गरिएको भए पनि नीजी क्षेत्रबाट भएको अनियमितताका कारण चार बर्षअघि स्थगित भएको हो ।
दक्षिण कोरियाको ईपीएसमा जस्तै दुवै देशबीच सरकारी तह (जी टु जी)मा कामदार पठाउन लागिएकाले लागत खर्च धेरै नलाग्ने निर्देशक ढकालको भनाइ थियो । 'लागतबारे हामी क्यालकुलेसन गरिरहेका छौं' कार्यअवधि पुरा गरेर स्वदेश फर्केका नेपाली कामदारको पुनस्थापना सम्बन्धी सेमिनारमा कोरिया आएका ढकालले कान्तिपुरसंग भने 'ईपीएसमा लाग्ने खर्चकै हाराहारीमा कामदार जान सक्छन्

###
0 comments
Write Down Your Responses