बन्दको विरोधमा मुलुकभर प्रदर्शन (फोटोफिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बन्दकर्तालाई जनताले लखेट्न थाले
काठमाडौं: एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दको विरोधमा मुलुकभर प्रदर्शन भएको छ। 'बन्द सधैका लागि बन्द गरौ' भन्दै देशभरका उद्योगी व्यावसायी र स्थानीहरुले बन्दको प्रतिकारस्वरुप प्रदर्शन गरेका हुन्। उनीहरुले बन्दको बिरोधमा ठाउँठाउँमा प्रतिकार गरेका छन्। कतिपय स्थानमा जनताले बन्दकर्तालाई लखेट्न थालेका छन् ।
राजधानीको माइतीघरमा युवाले बन्दको विरोधमा र्याली निकालेका छन्। उनीहरुले निकालेको र्याली भद्रकालीतर्फ गइरहेका छन्। युवाहरुको र्यालीलाई सुरक्षाकर्मीले घेरा हालेर स्कटिङ गरेका छन्। बन्द रहुन्जेल प्रदर्शन/र्याली गर्ने ती युवाहरुले बताएका छन्।
यस्तै दाङमा पनि बन्दको बिरोधमा त्यहाँका उद्योग व्यासायी र स्थानीयहरुले प्रतिकार जुलुस निकालेका छन्। उनीहले बन्द विरुद्ध स्वस्फूर्त रुपमा र्याली निकालेका छन्। बन्द खुलाउन उद्योग व्यासायी र बन्दकर्ताहरुबीच सहमति भएको हो। थारुहरुको नयाँ वर्ष माघी महोत्सवलाई ध्यानमा राख्दै बन्द खुलाउन सहमति भएको बताएका छन्। दाङमा १ बजेबाट बन्द खुलाउने बताइएको छ।
यस्तै इटहरीमा भएको बन्द खुलाउन बन्दकर्ताहरु सहमत भएका छन्। उद्योग वाणिज्य संघको पहलमा स्थानीय व्यापारी, बासिन्दा र बन्दकर्ताहरुबीच बन्द खुलाउन सहमति भएपछि दिउँसो ३ बजेदेखि स्थानीय बजार पसल खुलाउने सहमती भएको छ।(र यो भिडियो पनि हेर्नुहोस

###
0 comments
Write Down Your Responses