रोनाल्डो फिफा वर्ष खेलाडी घोषित, जर्मनीका लोउ बने उत्कृष्ट प्रशिक्षक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष २९ । यस वर्षको फिफा वर्ष खेलाडीको उपाधि स्पेनिस क्लब रियाल मड्रिडका खेलाडी क्रिश्चियानो रोनाल्डोले जितेका छन् ।
लगातार दोस्रो वर्ष तथा करियरमा तेस्रो पटक फिफा वर्ष खेलाडी अर्थात् ‘बलुन डे ओर’ जित्नेक्रममा पोर्चुगिज खेलाडी रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसी र जर्मनीका म्यानुएल नायरलाई उछिनेका हुन् ।
रोनाल्डोले कुल मतको ३७ प्रतिशतभन्दा बढी मत ल्याए भने बार्सिलोनाका मेसी र बायर्न म्युनिखका गोलरक्षक नायरले झन्डै १५–१५ प्रतिशत मत ल्याए ।
यस्तै, उल्सवर्ग तथा जर्मन मिडफिल्डर नादिन केस्लर महिला वर्ष खेलाडी घोषित भइन् । यसैगरी, कोलिम्बियाका जेम्स रोड्रिगेजले उत्कृष्ट गोलकर्ताको उपाधि जितेका छन् ।
यसपटक उत्कृष्ट प्रशिक्षकको उपाधि भने जर्मनीलाई विश्वकप जिताउन सफल वाकिम लोउले जितेका छन् ।

###
0 comments
Write Down Your Responses