अब 'बहुमतीय'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एमाओवादीसहितको मोर्चालाई दुई तिहाइबाटै पराजित गर्ने कांग्रेस-एमालेको तयारी
काठमाडौं : सहमतिका सबै स भावना लगभग अन्त्य भएपछि सत्ता साझेदार कांग्रेस-एमाले दुई तिहाइबाटै एमाओवादी र मधेसी मोर्चासहित विपक्षीलाई पराजित गर्ने मानसिकतामा पुगेका छन्।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसहित सोमबार बिहान बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सहमतिको सम्भावना क्षीण भएकाले बहुमतीय प्रक्रियाका आधारमा अघि बढाउनुपर्ने बताए।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री कोइरालाले भने, 'हामीले धेरै लामो समय सहमतिको प्रयास गर्यौं तर सम्भावना क्षीण हुँदै गएको छ, त्यसैले संविधानसभाबाट बहुमतीय प्रक्रियाबाट काम अगाडि बढाऔं, सहमतिको कोसिस पनि जारी राखौं।'
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भनाइमा समर्थन रहेको बताए। त्यसपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले 'कसैलाई संविधानसभाको माया छैन भने आफूले मात्र सहमति भनेर यसलाई जोगाउन नसक्ने' बताएको एक सहभागीले बताए।
कांग्रेस-एमाले दुवै संसदीय दलका मुख्य सचेतकहरूले सोमबारै सभासद्हरूलाई माघ ८ सम्म राजधानी नछाड्न र संविधानसभा बैठकमा अनिवार्य उपस्थिति हुन 'ह्विप' जारी गरेका छन्।
ह्विप जारी गर्नुपर्नाको कारणबारे एमाले मुख्य सचेतक अग्नि खरेलले भने, 'माघ ८ भित्र संविधान जारी गर्ने कांग्रेस, एमालेलगायत सबै दलको प्रतिबद्धता हो, हामीले सभासद्लाई काठमाडौंमै रहन र नियमित उपस्थित रहन ह्विप जारी गरेका हौं।'
कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले मंगलबारदेखि संविधान निर्माणको सबै काम सभामुखको हातमा जाने बताए। 'अब सहमतिका लागि भनेर रोक्ने बाटो छैन, प्रक्रियाबाट अघि बढ्छ', उनले भने, 'प्रक्रियासँगै सहमति प्रयास पनि माघ ८ सम्मै जारी रहन्छ।'
संविधानसभाले सहमति जुटाउन संवाद समितिलाई दिएको समय सोमबार सकिएको छ। मंगलबार बिहान ११ बजेका लागि सभाध्यक्ष नेम्बाङले बैठक राखेका छन्।
एमालेले राजनीतिक तहमा भइरहेको छलफलबारे जानकारी दिन सोमबार संसदीय दलको बैठक आयोजना गरेको थियो। संविधानसभा भवनमा भएको बैठकमा एमाले अध्यक्ष ओलीले सभासद्हरूसँग संविधानका विवादित विषयमा सहमतिको सम्भावना क्षीण भएको बताए।
ओलीले संघीयताका विषयमा मधेसलाई पहाडसँग जोड्नै नहुने र पहाडलाई मधेसको भूभागसँग छुवाउन पनि नहुने भन्ने विषयमा एमाले सहमत हुन नसकेको बताए।
शीर्ष नेताको छलफलबारे ओलीले भने, 'राज्य पुनर्संरचना गर्दा राष्ट्रिय अखण्डता र राष्ट्रिय एकतामा आँच आउने गरी सहमति गर्न सकिँदैन, अहिलेसम्म सहमतिको लक्षण छैन।'
बैठकमा वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि अब बहुमतीय प्रक्रियाबाट अघि बढाउनुपर्ने बताए।
नेपालले भने, 'जातीय आधारमा प्रदेश बनाउने कुरा गलत हो, यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन।' उनले पनि सहमतिका नाममा राष्ट्रियता कमजोर पार्ने गरी सहमति गर्न नहुने बताए।
एमाले संसदीय दलको बैठकमा उक्त पार्टीका मधेसी र जनजाति सभासद्हरूले पनि हिमाल, पहाड र तराई जोडेर प्रदेश निर्माण गर्नुपर्ने बताए। पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले मधेसको भूभाग मात्र राखेर प्रदेश बनाउन नहुने उल्लेख गर्दै भने, 'भोलि जन्मेका तराईका सन्ततिले यस्तो नभनून्- हिमाल र पहाड पनि यही देशमा पर्दोरहेछ।
हिजो मधेसमात्र राखेर हाम्रा पितापुर्खाले प्रदेश निर्माण गरेछन् भनेर हामीलाई नधिक्कारून्।' उनले 'मान्छेको अन्तर्राष्ट्रिय जाति हुनेछ' भनेर गीत गाउने कम्युनिष्टहरूले जातीय राज्यको कुरा उठाउनु विडम्बना भएको बताए।
जनजाति सभासद्हरू नागेन्द्र चौधरी, गणेश काङवाङ, शेरधन राई, प्रेम आले, मञ्जु चौधरी, रामवीर मानन्धरले जातीय प्रदेशविरुद्ध एमाले नेताहरूलाई दह्रो गरी उभिन आग्रह गरे।

###
0 comments
Write Down Your Responses