चरालाई चारो खुवाएको आरोपमा घरनिकालाको चेतावनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
४२ वर्षदेखि बस्दै आएको घरको बगैँचामा चरालाई चारो खुवाएको निहुँमा एक वृद्ध दम्पतीले घरनिकालाको धम्की सहनुपरेको छ ।
हृाम्रोमा चरालाई चारो खुवाएमा धर्म गरेको मानिन्छ । तर बेलायतको नरफकस्थित हिक्लिङमा रहेको आफ्नै बंगालोमा रहेको बगैँचामा आउने चराचुरुंगीहरुलाई नियमित रुपमा मकै, गहुँ लगायतका अन्य मिश्रति चारो खुवाउँदै आएका ७४ वर्षे इरिक गोलेबी र उनकी पत्नी ६६ वर्षकी स्यालीलाई चारो नखुवाउन आदेश दिइएको छ र अटेर गरेमा घरबाट निकाला गरिने धम्की दिइएको छ ।
ती वृद्ध दम्पति समेत बस्ने गरेको आवास क्षेत्र व्यवस्थापन गर्दै आएको भिक्ट्री हाउजिङ ट्रस्टले दम्पतिलाई चारो नखुवाउन आदेश दिएको छ । चारो खुवाएर वृद्ध दम्पतिले पालेका चराले स्थानीय मानिसहरुका सवारी साधनमा क्षति पूराएको दाबी गरिएको छ ।
गैर सामाजिक व्यवहार मामिला शीर्षकमा गोलेबीलाई पठाइएको पत्रमा यदि अब पनि चरालाई चारो खुवाएमा उनीहरुले कानूनी कारवाही भोग्नुपर्ने, मुद्दा हालिने र घरनिकाला समेत गरिने धम्की दिइएको छ ।
तर आफ्नी अपांग श्रीमतीको स्याहार सँगै चराचुरुंगीलाई चारो खुवाएर धर्म गर्दै आएका गोलेबीले त्यस्तो धम्कीपूर्ण पत्रले आफुलाई स्तब्ध बनाएको भन्दै चरालाई चारो खुवाउनु गैर सामाजिक काम नभएको भन्दै चरा विना आफुहरुको जिन्दगी बाँझो बन्ने बताएका छन् ।
बेलायतमा चरालाई चारो खुवाउन पाउने कानूनी व्यवस्था विपरित हाउजिङ कम्पनीले यस्तो धम्कीपूर्ण पत्र पठाएको विषयले ठूलै चर्चा पायो । अन्ततः उक्त कम्पनीका कर्मचारीहरु ती दम्पतिको घरको अनुगमनमा गए ।
उजुरीमा भनिएजस्तो गाडीमा क्षति पुगेको नदेखिएको भन्दै अन्ततः अहिले आएर ती वृद्धि दम्पतिमाथिको उजुरी र उनीहरुल्ाई दिइएको आदेश खारेज गरिएको छ । हाउजिङ कम्पनीले आफ्नो पत्रले वृद्ध दम्पतिमा बढाएको त्रासप्रति माफी माग्दै पत्रका विषयमा पुनर्विचार गर्ने निर्णय भएको बताएको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z