भ्यालेन्टाइन डेमा लेखिएको 'सबैभन्दा पुरानो प्रेमपत्र'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : आज फेब्रुअरी १४ तारिख अर्थात भ्यालेन्टाइन डे । पादरी भ्यालेन्टाइनले सिपाहींलाई प्रेम गर्न सिकाएर आफ्नो जीवनसमेत बलिदान गरेका थिए ।

उनै पादरीले शुरु गरेको प्रेम दिवसकै दिन सन् १४७७ मा मार्गरी ब्रूसले विवाहका लागि टिकाटालो छिनिएका आफ्ना प्रेमीलाई प्रेमपत्र लेखेकी थिइन् ।  उनले प्रेमीलाई लेखेको यो भावुक प्रेमपत्रलाई भ्यालेन्टाइन डेका दिन लेखिएको पहिलो प्रेमपत्रकार रुपमा लिइएको छ ।

व्रिटिस लाइब्रेरीमा सजाएर राखिएको यो पत्र मार्गरी ब्रुसले आफ्ना प्रेमी जोन पास्टनलाई लेखेकी थिइन् । उनले पत्रमा जोनलाई आफ्नो दिलको सबैभन्दा नजिक रहेको बताउँदै आफू विरामी रहेको उल्लेख गरेकी थिइन् । शारीरिक र मन समेत विरामी रहेको बताउँदै उनले जबसम्म जोनको आवाज सुन्न पाउँदिन तबसम्म आफू ठीक हुन नसक्ने भनेकी छन् ।


मार्गरी ब्रुसले आफ्ना प्रेमी जोन पास्टनलाई पठाएको प्रेमपत्र
‘म स्वस्थ छैन, शारिरिक र मानसिकरुपमा अस्वस्थ छु । जबसम्म तिम्रो आवाज सुन्न पाउँदिन तबसम्म सायद ठीक हुन्न होला । आमाले दाइजो थप्न बुवालाई भन्नुभएको छ । तर अहिलेसम्म उहाँहरुबीच कुरा मिलेको छैन । यदि तिमीले मलाई माया गरेका छौ भने कुनै पनि मुल्यमा तिमीले म सँग विवाह गर्नेछौ । विश्वास छ तिमीले मलाई कहिल्यै छाड्ने छैनौँ ।’

अन्ततः यो कहानीको सुखद अन्त्य भएको थियो । अर्थात, उनीहरुको प्रेम विवाहमा परिणत भयो । यो पत्र १५ आैं शताव्दीको इंङ्लिस प्राइभेट करेस्पोन्डेन्टको सबैभन्दा ठुलो संकलनको हिस्सा हो ।

ब्रिटिश लाइब्रेरीमा सुरक्षित राखिएको यो पत्रलाई पास्टन लेटर्स पनि भनिन्छ । यो पत्रमार्फत नरफ्लाकमा रहने पास्टन परिवारको जीवनशैली र त्यो समयको परिस्थितिको जानकारी मिलेको थियो ।

इङ्ल्यान्डको नर्विच सहरको २० माइल उत्तरमा नरफ्लाक गाउँमा बस्ने यो परिवारको केही पुस्ताले खेति गरेर मजदुरमार्फत चामल उत्पादन गथ्र्यो । जोन र मार्गरीका छोरा विलियम इङ्ल्यान्डका तत्कालिन राजा हेनरी अष्टमको दरबारमा माथिल्लो पदमा कार्यरत थिए । 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z