माओवादीलार्इ जातीय राज्य निल्नु न ओकल्नु : चन्द
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले एमाओवादीले जातीय राज्यको कुरा गरेर आफू नै आफ्नो वचनको कैदी भएको बताएका छन् ।
महेन्द्रनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यको कुरा गर्दा संविधानमा सहमति नभएको दाबी गरे ।
'माओवादीहरु जातीय राज्य होइन भनेर फर्किंदैछन्', चन्दले भने, 'तर फर्किने ठाउँ छैन । उनीहरुलार्इ जातीय राज्य निल्नु न ओकल्नु भएको छ ।'
चन्दले प्रश्नावली समितिलाई उपयोग गरेर सबै दल एक ठाउँमा बसी विवादित विषयमा सहमति खोज्नुपर्नेमा जोड दिए । 'प्रश्नावली समितिमै आएर सहमति खोज्नुपर्छ', उनले भने, ' दलबीच सहमति गरी संविधान निर्माणको मिति तय गर्न आवश्यक छ ।'
संविधान देशको मूल कानुनमात्र नभई भावी सन्ततिको दस्तावेज पनि भएकाले मिलेर संविधान बनाउनुपर्नेमा चन्दले जोड दिए ।
प्रमुख दलले माघ ८ मै संविधान जारी गर्छौं भनेर अनावश्यक प्रचारबाजी गर्दा समस्या भएको उनको भनाइ थियो । 'अहिले उम्किन खोज्दैछन्', उनले भने, 'जनताले कहिले माघ ८ मै संविधान जारी गर भनेका थिए र ?' रासस

###
0 comments
Write Down Your Responses